शुक्रबार, वैशाख १४, २०८१

भक्तपुरका प्रजापतिहरू माटोको पाला बनाउनमा व्यस्त (फोटोफिचर)

जुली गिरी २०७८ कार्तिक ९ गते १०:३८

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चार्ड तिहार नजिकिँदै छ । तिहारमा दिपावली गरिने भएकाले यसलाई उज्यालोको चाड पनि भन्ने गरिन्छ । तिहारमा अन्य सामाग्री जस्तै माटोको पालाहरुको खपत पनि निकै हुन्छ ।

तिहार नजिकिइसँगै भक्तपुरका प्रजापतिहरू माटोका पाला बनाउनमा व्यस्त रहेका छन् । तिहारमा माटोको पालामा तेल हालेर घर-घरमा दियो बाल्ने चलन छ । तिहारमा पालाको माग हुँदै आएकाले भक्तपुरका कुमाल समुदायका प्रजापतिहरुलाई पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउने चटारो सुरु भएको छ । तिहारका लागि आवश्यक पर्ने माटोका सामग्री बनाउन भक्तपुरको बोलाछे, तालाको, पोटीस्क्वायर, च्यामासिंह, जगाती, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचो लगायतका क्षेत्रका प्रजापतिलाई भ्याइ नभ्याइ छ ।

काठमाडौं उपत्यकामा माटोको सामानको लागि भक्तपुर प्रख्यात मानिन्छ । दुईदेखि पाँच रुपैँयासम्ममा विक्रि हुने पाला विहानदेखि बेलुकासम्म खट्दा करिब एक हजार वटासम्म बनाउन सकिने प्रजापतिहरू बताउँछन्। भक्तपुरमा विभिन्न जिल्लाबाट पाला किन्न मानिसहरु आउने गरेको व्यापारीहरुले बताएका छन् ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया