बिहीबार, वैशाख १३, २०८१

काठमाडौँमा आजबाट कोरोनाविरुद्धको एस्ट्राजेनेकाको दोस्रो डोज

मेरोन्यूज २०७८ कार्तिक ९ गते ९:२३

काठमाडौँ । काठमाडौँ जिल्लाका आठवटै नगरपालिकामा आज कोरोनाविरुद्धको यष्ट्राजेनेका खोपको दोस्रो डोज लगाइँदै छ । पहिलो डोज लगाएका १८ वर्ष माथिका नागरिकहरुलाई आज दोस्रो डोज लगाउन लागिएको हो ।

काठमाडौँ महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा यष्ट्राजेनेकाको दोस्रो डोज लगाउन लागिएको बताइएको छ । पालिकाले तोकेका खोप केन्द्रहरुमा आजबाट तीन दिनसम्म खोप लगाउन सकिने छ ।

प्रतिक्रिया