बिहीबार, वैशाख १३, २०८१

एमालेको पालिका अधिवेशन आज

मेरोन्यूज २०७८ कार्तिक ९ गते ८:०३

काठमाडौँ । नेकपा एमालेको पालिका अधिवेशन आज हुँदैछ । एमालेले पालिका अन्तगर्त स्थानीय तहको अधिवेशन आज गर्न लागेको हो । ७५३ स्थानीय तहमध्ये बाढी प्रभावीत बाहेकका सवै स्थानीय तहमा आज अधिवेशन गर्ने एमालेले जनाएको छ ।

सवै स्थानीय तहमा एकसाथ अधिवेशन गर्ने भनिए पनि बाढी प्रभावित पालिकामा केही समयपछि अधिवेशन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेर बहादुर तामाङले जानकारी गराए । यसअघि शनिबार गरिएको वडा अधिवेशनमा पनि एमालेले बाढी प्रभावित वडाको अधिवेशन रोकेको थियो ।

राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्दैछ । एमालेले ६ गते वडा अधिवेशन सम्पन्न गरेको छ । नयाँ नेतृत्वका लागि एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ ।

प्रतिक्रिया