बुधबार, वैशाख १२, २०८१

टी-२० विश्वकपमा अफगानिस्तानको विजयी सुरुवात

मेरोन्यूज २०७८ कार्तिक ९ गते ७:२७

काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तान विजयी सुरुवात गरेको छ । युएईको शारजाँहमा सोमबार भएको खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १० ओभर २ बलमा अलआउट हुँदै ६० रन बनाएको थियो ।

अफगानिस्तान स्पिनरद्वय मुजिब उर रहेमान र राशिद खानले घातक बलिङ गरेका थिए । अफगानिस्तानका मुजिबले ४ ओभरमा २० रन खर्चेर पाँच विकेट लिएका थिए भने राशिद खानले २.२ ओभरमा ९ रन खर्तेर चार विकेट लिए ।

प्रतिक्रिया