शुक्रबार, चैत १६, २०८०

आजको राशिफल : कार्तिक ९ गते मंगलबार

ज्यो. दिवाकर पन्त २०७८ कार्तिक ९ गते ६:०७

आज २०७८ साल कार्तिक महिनाको ९ गते मंगलबार, कार्तिक कृष्णपक्षको षष्ठी तिथि ।

मेष
दृढ खालको व्यक्तित्व भएता पनि मनमा निराशाले सताउने छ । खुशीपना नआउने अवस्था आउने भएकाले मनलाई नियन्त्रित गर्ने प्रयास गर्नु नै उत्तम हुने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्न जाँदा कार्यहरु अवरुद्ध हुन पुग्ने छन् । पानी, मदिरा, दुग्धजन्य व्यापार, डेरी, कोल्ड ड्रिङ्स जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल छ ।

वृष
व्यक्तित्वमा ह्रास आउँदा निर्णय क्षमतामा गिरावट आउने छ । शितल प्रकृतिको स्वाभाव हुने छ । तर मनोबलको कमि हुनेछ । शारीरिक समस्याहरु देखा पर्ने छ । छाति, रगत, उच्चरक्तचाप जस्ता विषयमा सतर्क रहनुहोला । आम्दानीमा हल्का बृद्धि देखा पर्ने छ । शिक्षा क्षेत्र, शिक्षण, प्रध्यापक, स्टेसनरी, पुस्तक पसल जस्ता क्षेत्रमा संलग्नहरुलाई आम्दानीमा बृद्धि देखिने छ ।

मिथुन
बोलीको प्रभावमा निकै गिरावट आउने छ । परिवारमा कुरा मिल्ने छैन् । व्यक्तित्व भने दृढ खालको बन्ने छ । तर बेला बेला दुविधात्मक व्यक्तित्व पनि देखिने हुँदा अरुले अन्योलग्रत आभाष गर्ने छन् । पेशागत जीवन औसत रहेता पनि भाग्यको अभावका कारण उतारचढावको क्रम देखा पर्ने छ । होटल, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर तथा सुरक्षा निकायमा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ ।

कर्कट
बोलीमा कडापन आउने छ । रिस पनि धेरै उठ्ने भएकाले अरुले सन्काहा रुपमा हेर्ने भएकाले संयमित रहनु होला । पेशागत जीव्न सन्तोषजनक नै हुने छ । खासगरी सेवा, रोजगारी, श्रम क्षेत्र, मजदुरी, कवाडीको ब्यापार, छालाको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।

Advertisement

सिंह
कमजोर खालको व्यक्तित्व बन्ने छ ।समय प्रतिकुल रहेकाले धैर्यता नै एक मात्र उपाय रहेको छ । शारीरिक कमजोरीले सताउने छ । दाम्पत्य जीवनमा पनि कटुता आउने छ । खेल, सेक्युरिटि, सुरक्षा निकाय, अग्नि रक्षक, होलट रेष्टुरेण्ट जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ ।

कन्या
बौद्धिक क्षेत्रमा भने प्रगति हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउँदा अरुले हेप्ने छन् । पेशागत जीवनमा अस्थिरता आउने छ । अफिसियल प्रतिष्पर्धीहरुसँग प्रतिष्पर्धा गर्न डर लागे जस्तो हुने छ । बौद्धिक स्तर र पेशागत जीवनबीच तालमेल नमिल्दा निराशा आउने छ । जीवनसाथिको साथमा काम गरेमा राहत मिल्ने छ ।

तुला
पूर्वानुमान नगरिएका समस्याहरु पेशागत क्षेत्रमा देखा पर्दा व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने छ । अर्थात पेशागत जीवनमा गम्भीरखाले समस्याहरु देखा पर्ने छ । त्यसैले संयम भएर मात्र पाइला चाल्नु होला । बोलीको प्रभावमा भारी गिरावट आउने छ । शिक्षा क्षेत्र, शिक्षण, सेक्युरिटी गार्ड, सुरक्षा निकाय, ठोक्कापट्टा जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ ।

वृश्चिक
आम्दानीमा गिरावट आउने छ । अध्ययन र अध्यापनमा भने मन केन्द्रीत हुनेछ । राखिएका लक्ष्यहरु तुहिने छन् । धैर्य भएर पाइला चाल्नु होला भने अतिमहत्वाकांक्षा पनि नलिनु होला । साझेदारीमा गरिएका कामहरुका बिबाद चर्किने छ । चुनौतिपूर्ण र धेरै जोखिम तथा प्रतिष्पर्धात्मक क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल छ ।

धनु
आम्दानीको क्षेत्र स्थिर रहने छ । भाग्यहिनता लागिरहने छ । सन्तानका गतिविधीबाट अपजस आइपर्ने छ । पैतृक सम्पत्तिका विषयमा गम्भीर खाले मनमुटाव आउने छन् । अध्ययन अध्यापनमा मन लाग्ने छैन् । पेशागत जीवनमा समस्या आउन जाने भएकाले सतर्क रहनु होला । व्यक्तित्व दुविधात्मक हुने छ । धार्मिक वस्तुको कारोवार, चिनी, सख्खस, सजावटको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल रहने छैन् ।

मकर
आँखा सम्बन्धी समस्या आउने छ । रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने भएकाले यसबारेमा सतर्क रहनुहोला । शारीरिक रुपमा धेरै कमजोरी उत्पन्न हुने छ । बोलीमा अस्वाभाविक कडापना देखिँदा परिवारका सदस्यहरु आश्चर्य पर्न जाने छन् । यस्तो परिस्थितिले परिवारमा तनाव पनि ल्याउने छ । शिक्षा, परामर्श, होटल, रेष्टुरेण्ट, जलविद्युत जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल रहने छ ।

कुम्भ
बोली प्रभावकारी हुने छ । अरुका लागि बोली प्रिय नै भएता पनि आफ्नो परिवारका सदस्यहरुसँग भने कटु बोली हुने भएकाले यसबारेमा ध्यान दिनु होला । पेशागत जीवन सकारात्मक हुने छ । निर्माणका काम, ठेक्कापट्टा, श्रम क्षेत्र, उद्योग कलकारखाना, भाडाका सवारीसाधन, हेभि इक्विमेण्ट जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ मिल्ने छ ।

मीन
निराशा भाव देखा पर्नेछ । पेशागत जीवन भने औसत तर थोरै मात्र केही स्थिर बन्ने हुँदा राहत मिल्ने छ । मनमा अनावश्यक दबाब देखिँदा तनाव उत्पन्न हुनेछ । पानी, कोल्ड ड्रिङ्स, दुध, पेय पदार्थ, मदिरा, आयात निर्यात जस्तामा पेशामा आवद्धहरुलाई फाइदा मिल्ने छ । आम्दानी गलत ठाउँमा फस्न जाने जोखिम देखिएकाले सतर्क रहनुहोला ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया