शुक्रबार, चैत १६, २०८०

च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध

मेरोन्यूज २०७८ कार्तिक ८ गते २०:४६

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग क्लब च्यासल युथ क्लबले सोमबार आसन्न ‘ए’ डिभिजन लिगका लागि दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

राजधानीमा सोमबार च्यासल युथ क्लबले एक कार्यक्रमको आयोजना गरेर क्यामरुनका २२ वर्षीय कित्वा यानिक र २५ वर्षिय मोउसा अबागानालाई अनुन्ध गरेको जानकारी दिएको हो ।

च्यासलले क्यामरुनी खेलाडीद्वयलाई एक/एक वर्षका लागि अनुबन्धन गरेको छ । पहिलो संस्करणको नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट खेलेका दुबैले उत्कृष्ट प्रदर्शन गरेकाले उनीहरुलाई अनुबन्ध गरिएको च्यासलका अध्यक्ष रमेश ब्यञ्जनकारले बताए ।

यसअघि च्यासलले नेपाली मुलका इटालियन खेलाडी विकास मेराग्लियालाई अनुबन्ध गरिसकेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग नजिकिदै गर्दा क्लबहरुले खेलाडीहरुलाई अनुबन्ध हुने प्रक्रिया तीब्र गतिमा अगाडि बढेको छ । ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।

प्रतिक्रिया