शनिबार, वैशाख ८, २०८१

एसियन कप छनोटको पहिलो खेलमै नेपाल इरानसँग ४–० ले पराजित

मेरोन्यूज २०७८ कार्तिक ८ गते १९:१८

काठमाडौं । एएफसी यू– २३ एसियन कप छनोटको पहिलो खेलमा नै नेपालले इरानसँग हार ब्यहोरेको छ ।

बलियो प्रतिष्पर्धी इरानसँग नेपाल पहिलो खेलमा ४–० ले पराजित भएको हो ।

ताजकिस्तानको दुसन्बेमा भएको खेलको पहिलो हाफमा इरानलाई नेपालले बराबरीमा रोकेको थियो ।

इरानको दबाबका सामु दोस्रो हाफमा नेपालले ४ गोलको सामना गर्नुपर्यो ।

फिफा वरीयतामा एसियाकै शीर्षस्थानमा रहेको इरानले दोस्रो हाफमा लगातार गोल गरेको थियो ।

इरानको जीतमा हुसेनले २ गोल तथा मेहदी र यासिनले १–१ गोल गरेका थिए ।

नेपाली टिममा सुमन अर्याल, अभिषेक लिम्बु, सुरजज्यू ठकुरी, गौतम श्रेष्ठ, रोशन पहाडी, आयुष घलान, सिसिहाङ आजदम्बे, एरिक विष्ट, मनिष डाँगी र अभिषेक रिजाल रहेका थिए ।

प्रतिक्रिया