बिहीबार, वैशाख १३, २०८१

देशभर थप ७७६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक ८ गते १६:३८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ८ हजार २८४ जनामा पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनामा एन्टीजेन परिक्षण गर्दा १०३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, सोही अवधिमा कोरोना संक्रमणवाट १३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणवाट ११ हजार ३६१ जनाको मृत्यु भएको मन्त्रालयले अध्यावधिक गरेको विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०१ ज्ना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८८ हजार ८ जना पुगेको छ ।

प्रतिक्रिया