बिहीबार, वैशाख १३, २०८१

टी-ट्वान्टी विश्वकप : आज अफगानिस्तान र स्कटल्याण्ड भिड्दै

मेरोन्यूज २०७८ कार्तिक ८ गते १३:२०

काठमाडौँ । आईसीसी विश्वकप टी-ट्वान्टी क्रिकेटमा आज अफगानिस्तानले स्कटल्याण्डको सामना गर्नेछ । अफगानिस्तान र स्कटल्याण्डबीचको खेल राति ७:४५ बजे सारजाहमा हुन लागेको हो ।

अफगानिस्तान स्कटल्याण्डलाई हराउदै सुखद सुरुआत गर्ने चाहन्छ भने स्कटल्याण्ड पनि अफगानिस्तानलाई हराएर सुपर १२ मा विजयी सुरुआत गर्ने योजनामा छ ।

स्कटल्याण्डले पहिलो पटक विश्वकपको सुपर १२ खेल्न लागेको हो । पहिलो चरणमा अपराजित रहदै स्कटल्याण्डले सुपर १२ मा स्थान बनाएको हो । पछिल्ला पाँच भेटमा अफगानिस्तानले पाँचै खेल जितेको छ ।

प्रतिक्रिया