शनिबार, वैशाख १५, २०८१

‘खुशीको गीत’को भिडियो रिलिज

मेरोन्यूज २०७८ कार्तिक ८ गते १२:४४

काठमाडौं । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा बनेको म्युजिक भिडियोे रिलीज भएको छ । यम बरालको स्वरमा रहेको गीत ‘खुशीको गीत’को भिडियोे रिलीज भएको हो ।

वीरेन्द्रकुमार बलामीको शब्द तथा राजकुमार बगरको संगीत निर्देशना तयार भएको उक्त गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ । उक्त भिडियोे बुढासुब्बा डिजिटलको युट्युबमार्फत रिलिज भएको हो ।

यो भिडियोमा रमेश क्षेत्री, अनामिका कार्की र रितिष्का क्षेत्रीले अभिनय गरेका छन् । भिडियोमा विनयराज पौडेलको मुख्य सहायक निर्देशन, सुरजसिंह भण्डारीको ड्रोन, अमृत पाण्डेको क्यामरा, रामेश्वर हुमागाईंको डीओपी र विशाल बिसीको सम्पादन छ ।

प्रतिक्रिया