शनिबार, वैशाख १५, २०८१

दरबारमार्ग प्रहरीको जिम्मा विश्वराजलाई, बुटवलमा ठगबहादुर

मेरोन्यूज २०७८ कार्तिक ८ गते १२:०५

काठमाडौँ । प्रहरी वृत्त, दरबारमार्ग र बुटवलका प्रहरी नायव उपरिक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले दरबारमार्ग र बुटवलको डीएसपीको सरुवा गरेको हो ।

यसअघि बालाजु प्रहरी वृत्तको जिम्मेवारी सम्हालेका डीएसपी विश्वराज खड्कालाई प्रहरी वृत्त, दरबारमार्गमा पठाईएको छ भने इलाका प्रहरी कार्यालय, बुटवलमा डीएसपी ठगबहादुर केसीलाई पठाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त कुँवरले जानकारी दिए ।

प्रवक्ता कुँवरका अनुसार दरबारमार्गमा कार्यरत डिएसपी रामेश्वर पौडेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । बुटवलका डीएसपी मदन कुँवर चार महीनामै हटाइएका छन् ।

धादिङका गुण्डा नाइके राधे भण्डारी समूहलाई सहयोग गरेको आरोप लागेपछि खड्कालाई गजुरीबाट प्रहरी प्रधान कार्यालयमा तानिएको थियो ।

प्रतिक्रिया