शनिबार, वैशाख ८, २०८१

टी-२० विश्व कपमा भारतमाथि पाकिस्तानको सानदार जित

मेरोन्यूज २०७८ कार्तिक ८ गते ६:३१

काठमाडौँ । आईसीसी टी-२० विश्व कपमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । आइतबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको हो ।

भारतले दिएको एक सय ५१ रनको लक्ष्य पाकिस्तानले विकेट नगुमाइ १३ बल अघि नै भेटाएको थियो । शाहीन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङसँगै पाकिस्तानले भारतमाथि ऐतिहासिक जित हात पारेको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र विकेटकिपर मोहम्मद रिजवानले ७९ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ५७ रन बनाए । यस्तै विकेटकीपर ऋषभ पन्तले ३९ रन बनाए । यो जितसँगै टी-२० विश्व कपमा पाकिस्तानले भारतसँगको ६ भेटमा एक जित निकालेको छ ।

प्रतिक्रिया