सोमबार, जेठ ७, २०८१

मूल्य बढे पनि घाटा ब्यहोर्दै आयल निगम

किरण अधिकारी २०७८ कार्तिक ७ गते १९:४३

काठमाडौँ । अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा नेपालमा पनि मूल्य बढ्दै गएको छ । तर पनि खरिद र बित्रीm गर्ने मुल्यमा आवश्यकतानुसार समायोजन नभएकाले आयल निगमले घाटा ब्यहोर्दै गएको छ ।

पछिल्लो समय नेपाल आयल निगम निरन्तर घाटामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भएको वृद्धि र अमेरिकी डलरको असरले आयल निगमलाई चालु आर्थिक वर्षको ३ महिनाममा करिब ९ अर्ब रुपैयाँ घाटामा गएको निमित्त निर्देशक मनोज ठाकुरले जानकारी दिए ।

भारतीय मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको छ । चालु आर्थिक वर्षमै नेपाल आयल निगमले भारतबाट खरिद गरी बिक्रि गर्दा पछिल्लो समयमा २ अर्ब रुपैयाँ नोक्सान व्यहोरेको उनले जानकारी दिए ।

आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थ खरिद गरेर केही मार्जिन राखेर बिक्री गर्दै आएको छ । तर सस्तोमा बेच्दा भारतिय व्यापारीले नै नेपालबाट खरिद गर्ने प्रवित्ति बढेकाले भारतकोभन्दा बढी मुल्यमै बिक्रि गर्नुपर्ने निगमले जनाएको छ ।

यसरी घाटामा गएको निगमलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्नमा निमित्त निर्देशक ठाकुरले व्यवस्थापनमा सरकारसँग ऋण लिनुको विकल्प नभएकाले अर्थमन्त्रालयसँग माग गर्न लागेको बताउँदै, ऋण लिएर मात्र सन्तुलन नभएपनि केही समयका लागि व्यवस्थापनमा बल पुग्ने उल्लेख गरे ।

ऋण दिनका लागि अर्थमन्त्रालयले के गर्दैछ ? सरकारी विभागमा कसैले माग गर्दैमा पूरा नहुने भएकाले व्यवस्थापनका लागि अर्थमन्त्रालयले कार्यदिशा तयार पार्ने भएकाले तत्कालै नभएर केही समयमा नियमानुसार ऋण प्रक्रिया अघि बढ्ने अर्थमन्त्रालयका प्रवक्ता रितश शाक्यले बताए ।

“सरकारी निकायलाई संरक्षण गर्ने नेपाल सरकारको कार्य भएपनि पेट्रोलियम पदार्थ, ग्यास लगायतका पदार्थको कार्य व्यापारिक भएकाले निगम बलियो हुनुपर्नेको विकल्प छैन, तर सरकारले पूर्वाधार, रेल, वायु सेवा लगायत आयल निगमलाई समेत सहयोग नगर्ने होइन ।”– उनले भने ।
बढ्दै गएको निगमको घाटालाई व्यवस्थापन गर्न पुनः सञ्चालित मुल्यलाई कार्यान्वयन गर्नुपर्नेमा निगमको जोड छ ।

समय समयमा हुने पेट्रोलियम पदार्थको मुल्य वृद्धिमा विद्यार्थी संगठनहरुले गर्ने विरोधका कारण पनि आयल निगमलाई राजनीतिक दबाब बढेकोले पनि केही समस्या देखिएको निगमको भनाई छ ।

अन्य पदार्थको मुल्य वृद्धि हुँदा कुनैपनि व्यक्तिले विरोध नगर्ने भएकाले सहज लिने तर अन्तराष्ट्रिय रुपमै बढेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिलाई मुख्य एजेन्डा बनाएर विरोधमा उत्रनु समयानुसार सरकारी संस्था व्यवस्थापनमा असहज सिर्जना गर्ने भएकाले अध्ययनरत विद्यार्थी संगठनले सोच्नुपर्ने निगमको भनाई छ ।

विकास एंव अर्थतन्त्रका लागि पेट्रोलियम पदार्थको आवश्यकता हुने भएकाले पनि समयानुसार मुल्य समायोजनलाई लिन आयल निगमले सबैलाई आग्रह गरेको छ ।

Advertisement

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया