बिहीबार, वैशाख १३, २०८१

थप ५५७ जनामा काेराेना संक्रमण, तीन जनाको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक ७ गते १७:०३

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

देशभरबाट ६०६१ जनामा पिसिआर परिक्षण गर्दा ५२२ जना र १५६४ जनामा एन्टीजेन परिक्षण गर्दा ३५ जना गरी ५५७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टी भएका थप ३ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोना संक्रमणवाट ११ हजार ३४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८७७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८७ हजार ५०७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया