सोमबार, जेठ ७, २०८१

भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो (फोटोफिचर)

जुली गिरी २०७८ कार्तिक ७ गते १५:४६

गुण्डु (भक्तपुर) । काठमाडौं उपत्यकाभित्र पर्ने भक्तपुरका किसानलाई यतिबेला धान काट्ने चटारो देखिएको छ ।

दशैं सकिएपछि भर्खरै मात्रै भक्तपुरका किसानहरु वर्षभरी खाने अन्नबाली धान काट्न र भित्र्याउन ब्यस्त भएका हुन् ।

यतिबेला भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डुका किसानहरु खेतमा निकै ब्यस्त देखिएका छन् ।

Advertisement

दशैंपछि देशका अधिकांश ठाउँमा कात्तिकमा बेमौसमी वर्षाले गर्दा किसानहरु मारमा परेका छन् । वेमौसमी वर्षाले सुदूरपश्चिमका किसान सबैभन्दा बढी प्रभावित भएका थिए ।

दशैंअघि नै धान काटेर सुकाइएको पाँजो वर्षाले भिजेर ठूलो नोक्सानी ब्यहोर्नु परेको छ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया