शुक्रबार, वैशाख ७, २०८१

बोको हरामले ३० बालबालिका अपहरण गरेको आशंका

मेरोन्यूज २०७८ कार्तिक ५ गते १७:३२

काठमाडौँ । नाइजेरियामा कम्तीमा ३० जना बालबालिका अपहरणमा परेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र केबीको एक विद्यालयबाट बालबालिका अपहरणमा परेका हुन् ।

यहाँको विद्यालयबाट बिहीबार ती बालबालिकालाई अपहरण गरेर लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो विद्यालयबाट यसअघि केही बालबालिका अपहरणमा परेका थिए ।

यहाँ सशस्त्र विद्रोह गरिरहेको बोको हराम समूहले ती बालबालिका अपहरण गरी लगेको बताइएको छ । यद्यपि, सो समूहले जिम्मेवारी लिएको छैन । तर, यसअघि बोको हराम समूहले बालबालिकालाई विद्यालयबाट नै अपहरण गरी लैजाने गरेकाले यी ३० जनालाई सोही समूहले लगेको प्रहरीले अनुमान गरेको हो ।

उक्त विद्रोही समूहले विद्यालयबाट जबर्जस्त बालबालिकालाई अपहरण गरी लैजाने र आफ्नो विद्रोही समूहमा लगाउने गरेको छ । यहाँका प्रहरी अधिकारीले ती बालबालिकाको खोजी कार्य सुरु गरेको जनाएका छन् ।

प्रतिक्रिया