बुधबार, वैशाख १२, २०८१

सुस्मिताको आवाजमा ‘पराईको आँगनी’ (भिडियो)

मेरोन्यूज २०७८ कार्तिक ५ गते १७:२४

काठमाडौँ । गायिका सुस्मिता स्याङ्तानको आवाजमा ’पराईको आँगनी’ बोलको गीत बजारमा आएको छ ।

उक्त गीत पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो । यो भन्दा अगाडि मेल भर्सन भने गायक सरद तामाङले गाइसकेका छन ।

विवेक लोप्चनको संगीत, पाल्साङ लोप्चनले लेखेको गीतलाई कर्साङ लामाले संगीत संयोजन गरेका हुन । बिग परिवेश र पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मनोज डंगोलले मिक्सिङ गरेका हुन् ।

आशिष जिम्बाले छायांकन, टेकेन्द्र शाहले सम्पादन र कलर गरेको उक्त म्युजिक भिडियोमा तीर्थमान पाख्रिनको कथा र कन्सेप्ट रहेको छ ।

आरबी लामाले निर्देशन गरेको भिडियोमा बिजय स्याङ्बो तामाङ, अनु तामाङ र सुनिता रुम्बाको अभिनय रहेको छ ।

भिडियो

प्रतिक्रिया