शुक्रबार, वैशाख १४, २०८१

‘रत्नपार्क’मा सलोन र रुविना

मेरोन्यूज २०७८ कार्तिक ४ गते १६:५८

काठमाडौं । बुढासुब्बा डिजिटलले ‘रत्नपार्क’ नामक नयाँ चलचित्र पनि निर्माण गर्दैछ ।

लामो समयदेखि नेपाली चलचित्रको डिजिटल राइट्स खरिद गर्दै आएको बुढासुब्बा डिजिटलले यसअघि ‘डाँडाको बर पीपल’ नामक चलचित्र निर्माण गरेको थियो ।

चर्चित ¥यापर भिटेनलाई लिएर निर्माण गर्न थालेको चलचित्र ‘रत्नपार्क’का निर्देशक शोभित बस्नेतले आफ्ना सन्तान सलोन बस्नेत र रुविना थापालाई मुख्य भूमिकामा अभिनय गराउने भएका छन् ।

निर्देशक शोभितले सलोन र रुविनासँगै गौरी मल्ल र राजिवजंग बस्नेतसँगै आफू पनि अभिनयमा देखिने जनाएका छन् ।

प्रेमकथामा आधारित ‘रत्नपार्क’ चलचित्रको कथा नवराज गिरीले लेखेका हुन् भने त्यसलाई पटकथा र संवादमा ढाल्ने काम रामकाजी घिमिरेले गरिरहेका छन् । सुशन प्रजापति चलचित्र छायांकनको जिम्मा लिएका छन् ।

प्रतिक्रिया