सोमबार, जेठ ७, २०८१

विकासका लागि पूँजीवाद

किरण अधिकारी २०७८ कार्तिक ४ गते १६:४१

काठमाण्डौं कोटेश्वरकी एक महिला आफ्नो छोरो अस्पताल लानुअघि बच्चाको उपचारमा कत्तिको सहज होला, मसँग भएको पैसाले पुग्ला कि नपुग्ला भनेर चिन्तित भइन् ।

उनको गुनासो सुनेपछि छिमेकीले कुनै चिन्ता नलिएर बच्चालाई तत्काल अस्पताल पुर्याउन सुझाए । तर आफूसँग भएको पैसाले पुग्छ कि पुग्दैन भन्ने कुरा ती महिलाको मनमा खेलिरह्यो ।

यो त एउटा उदाहरण मात्र हो । प्रत्येक व्यक्ति, प्र्रत्येक घर, समाज र मुलुकलाई समस्यामा पार्ने भनेको पैसा नै हो । धनि बनाउने पनि पैसा नै हो । विश्वका सबै मुलुक सरकारबाट चल्छ । सरकार राजनीतिबाट बन्छ र पैसा पूँजीबाट बन्छ । त्यसैले अर्थ राजनीति बलियो भयो भने मात्र मुलुकमा रकमको अभाव हुँदैन ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले ‘पोलिटी’ शब्दबाट पोलिटिकल भएकाले पोलिटिकलले राज्य संचालनका लागि सरकार निर्माण गर्ने भएकाले त्यसमा पूँजीको आवश्यकता भएको बताए । उनले दशैजस्ता चाडबाडमा हुने क्रियाकलापका लागि पूँजीको आवश्यकतामा जोड दिँदै राजनीति, समाज र पूँजीको धु्रवीकरणमा समानता आवश्यक भएको बताए ।

राजनीति सन्तुलनमा नआउँदा नीति असन्तुलन बन्ने भएकाले पूँजीवादको बढावा भएको अर्थविद् डा. अधिकारीको दाबी छ ।

समाजशास्त्री समाजशास्त्री प्रणव खरेल र गौरव केसीले ‘प्राक्टिसेस अफ सोशिओलजी इन नेपाल’ नाम दिएर सम्पादित पुस्तकमा नेपालमा समाजशास्त्रीय अभ्यास एक अपूरो रुपमा रहेकाले अर्काको डाहा बढ्ने हुँदा पूँजीलाई व्यवस्थापन सरकारद्धारा हुनुपर्नेमा जोड दिएको छ ।

खरेल र केसीले राजनीति समाजमा हुने र समाज पूँजीले चल्ने बताए । समाजमा संस्कृति हुने, संस्कृतिमा विभिन्न चाडबाड जोडिने तथा नयाँ योजना परिवर्तनका लागि हुने भएकाले परिवर्तनद्वारा विकास हुने सबैले बुझ्नुपर्नेमा उनीहरुको जोड थियो ।

कार्ल माक्र्सले परिकल्पना गरेको बुँदालाई नेपालको राजनीतिमा कम्युनिष्टहरुले लागू गरेको बताएपनि महाधिवेशनका बेला मिलेर जानेको विकल्प देखाउँदैनन् । यहाँ निकटता र आफ्ना भनाईलाई सम्मान खोज्नुका साथै अन्यलाई पूँजीसँग जोडेर हेर्ने भएकाले साइकोलोजी अध्ययनमा मात्र सिमित हुने मनोविद् गोपाल ढकाल बताउँछन् ।

Advertisement



पूँजीसँगै विकास

विकास परिवर्तन हो भने परिवर्तनका लागि सिद्धान्त, नीति र पूँजीलाई लिएर राजनीतिक दलले सरकार चलाउनुपर्नेमा दुईमत छैन ।

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. तीलक रावलले विकासका लागि पूँजी नै ठूलो भएपनि अनुशासनलाई कायम गर्न नीतिलाई अंगिकार गर्नुपर्नेमा जोड दिन्छन् । प्रत्येक वर्ष सरकारले ल्याउने देशको वर्तमान आर्थिक स्थिति, बजेट र मौद्रिक नीति विकासका लागि हुने भएकाले योजना र फट्को मार्ने यात्रामा लाग्नुको विकल्प नभएको उनको दाबी छ ।

पुल, सडक, संरचनाको विकासका लागि पूँजी प्रष्ट देखिने पूर्व गर्भनर चिरन्जीवी नेपालको भनाई छ । उनले घर निर्माण, व्यक्तिगत सवारी साधनदेखि देशको आर्थिक विकासमा पनि पूँजीको आवश्यकता हुनेमा जोड दिए ।

मुलुकको दिगो र समानतामुलक आर्थिक विकासका लागि पूँजी निर्माणको आवश्यकता पर्ने भएकाले पूँजी निर्माणमा वित्तिय सस्थालाई बलियो बनाउन आवश्यक रहेको पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई छ । उनी अर्थमन्त्री हुँदा पूँजी भनेर भौतारिनुभन्दा मैले केही काम गर्छु भनेर औद्योगिक क्षेत्रमा हात हाल्दा वित्तीय संस्थाले दिने ऋण पूँजीको रुपमा आउने भएकाले विकासका लागि सहयोग हुने बताएका थिए ।

निश्कर्ष

आर्थिक वृद्धि र आर्थिक विकासमा फरक हुने भएकाले पूँजीसँग हुने विकास भौतिक रुपमा प्रष्ट देखिन्छ ।

सामन्तवादी सिर्जना र पूँजीवादलाई व्यवस्थित गराउन सिद्धान्तको आवश्यकता पर्यो । विज्ञ आदम स्मिथले सन् १७७६ मा वेल्थ अफ नेसन नामक पुस्तकमा पूँजीवादको सिद्धान्तको प्रतिवादन गरे जुन विश्वभर लागू भएपनि समाजमा विकासका लागि पूँजीको आवश्यकता नै पर्छ ।

त्यसैले व्यक्ति, घर, समाज र देश विकासका लागि पूँजी ठूलो हुने भएपनि यसभित्र नीति र कार्यान्वयनमा राजनीतक दलबाट बन्ने सरका सचेत हुनुको विकल्प छैन ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया