बिहीबार, वैशाख १३, २०८१

पाँच राष्ट्रसेवक कर्मचारी इन्टेग्रीटी आइकन २०२१ को छनोटमा

मेरोन्यूज २०७८ कार्तिक ४ गते १५:४०

काठमाडौं । नेपाल सरकारको नर्सिङ् अधिकृतदेखि प्रमुख जिल्ला अधिकारीसम्मका पाँच जना कर्मचारी इन्टेग्रीटी आइकन २०२१ म छनोट भएका छन् ।

सार्वजनिक सेवामा रहेर जुनसुकै परिस्थितिमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गरेको भन्दै अकाउन्टविलिटी ल्याब नेपालले पाँच कर्मचारीलाई इन्टेग्रीटी आइकन २०२१ का लागि छनोट गरेको हो ।

इन्टेग्रीटी आइकन २०२१ को छनोटमा पर्नेमा भेरी अस्पताल नेपालगञ्जकी नर्सिङ अधिकृत शीला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिलक सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतम र भाषा आयोगका उपसचिव डा.बुद्धबहादुर लोप्चन छन् ।

सार्वजनिक सेवामा रहेर जुनसुकै परिस्थितिमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न भन्दै संस्थाले विगत आठ वर्षअघिदेखि राष्ट्रसेवक कर्मचारीहरुलाई आइकन घोषणा गर्दै आएको छ ।

नेपालबाट सुरु भएको यो अभियान हाल विश्वका अन्य १४ मुलुकमा पुगिसकेको संस्थाले जनाएको छ ।

यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका ३३५ मनोनयनबाट पाँच जना छानिएका हुन् । आगामी कात्तिक १२ गते भर्चुअल माध्यमबाट नै सबैलाई सम्मान गरिने सो संस्थाले जनाएको छ ।

निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशीराज दाहाल, पूर्र्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र प्राध्यापक तथा आईआईडीएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल थिए ।

प्रतिक्रिया