शुक्रबार, चैत १६, २०८०

जङ्गली हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक ३ गते ७:०३

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको वुधबार बिहान मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली अहिले घटनास्थल पुगेको छ ।

नजिकैको सामुदायिक वनबाट नौरदशका सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए।

सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

Advertisement

‘डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो,’ शुक्लाफाँटा–१२ का वडाध्यक्ष बाले रानाले भने, ‘अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ।’

साथै नगरपालिकाको वडा नम्बर १ र १२ का स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया