बिहीबार, वैशाख १३, २०८१

चीनले परीक्षण गर्‍यो हाइपरसोनिक मिसाइल

मेरोन्यूज २०७८ कार्तिक १ गते १०:२०

एजेन्सी । चीनले परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइलको परीक्षण गरेको छ । बेलायती अखबार फाइनान्सियल टाइम्सका अनुसार चीनले उक्त मिसाइलको परीक्षण अगस्ट महिनामै गरेको थियो । तर, कसैले पनि यसबारेमा जानकारी पाएका थिएनन् । उक्त मिसाइलको परीक्षण अन्तरिक्षबाट गरिएको हो ।

बीबीसीका अनुसार हाइपरसोनिक हतियारको मामिलामा चीनले प्राप्त गरेको सफलताले अमेरिकी खुफिया एजेन्सी हैरान भएको उक्त रिपोर्टमा उल्लेख छ । हाइपरसोनिकको क्षेत्रमा चीनसहित अमेरिका, रुस, उत्तर कोरियाले काम गरिरहेका छन् ।

हाइपरसोनिक मिसाइल ध्वनिको गतिभन्दा पाँच गुणा द्रूत गतिमा उड्न सक्छ । यो ब्यालिस्टिक मिसाइल जस्तै मरमाणु हतियारयुक्त र त्यसलाई लिएर जान सक्षम हुन्छ ।

हाइपरसोनिक मिसाइल ब्यालिस्टिक मिसाइलभन्दा तीव्र गतिमा लक्ष्य भेदन गर्न सक्षम हुन्छ ।

प्रतिक्रिया