शुक्रबार, वैशाख १४, २०८१

एकै परिवारका सातजनाको आगलागीमा परी मृत्यु

मेरोन्यूज २०७८ असोज ३१ गते २१:२१

काठमाडौं । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात जनाको मृत्यु भएको छ ।

पञ्जाब प्रान्तको मुजफारगढ जिल्लामा रहेको एक घरमा भएको आगलागीमा परी एकै परिवारका बालबालिका र महिलाहरूसहित सात जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यमले जनाएका छन् ।

सुतिरहेको अवस्थामा ठूलो आगलागी भएका कारण उनीहरूले भाग्न पनि नपाएका कारण ज्यान गएको जनाइएको छ ।

आगलागीमा परी ज्यान गुमाएकाहरूमा चार बालबालिका र दुई महिला रहेका छन् । ती चार बालबालिका दुई महिनादेखि १० वर्षसम्मका रहेका थिए ।

प्रतिक्रिया