बिहीबार, चैत १५, २०८०

मुगु बस दुर्घटनाका मृतक परिवारलाई एक लाख आर्थिक सहायता

मेरोन्यूज २०७८ असोज ३१ गते २१:०३

काठमाडौं । गृहमन्त्रालयले गत असोज २६ गते नेपालगञ्जबाट मुगु जाने क्रममा बस दुर्घटनामा परी मृत्यु भएका ३२ जनाको परिवारलाई जनही रु एक लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।


गृहमन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारका तर्फबाट मृतकका परिवारलाई प्रति मृतक रु २५ हजार किरीया खर्च र रु एक लाख आर्थिक सहायता उपलब्ध गराउन प्रक्रिया आरम्भ गरीएको जनाएको छ । विज्ञप्तिमा सो दुर्घहटनामा घाईते १३ जनाको नेपालगञ्जमा उपचार भईरहेको जनाईएको छ ।

घाईतेहरुको उपचारखर्च बापतको रकम समेत सरकारको तफैबाट उपलब्ध गराउन प्रक्रिया थालिएको गृहको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

प्रतिक्रिया