शुक्रबार, वैशाख ७, २०८१

केपी ओलीका जेल पार्टनर देखि मात्रिका कोइरालाका छोरा सम्म नेकपा एसमा

मेरोन्यूज २०७८ असोज ३१ गते २०:४०


काठमाडौं । केपी ओलीसँगै लामो समय जेल जीवन विताएका वयोवृद्द कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारी देखि मात्रिका प्रसाद कोइराला पुत्र कमल कोइरालासम्म नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध भएका छन् ।

मोहनचन्द्र अधिकारीलाई नेपालका कम्युनिष्टहरुले नेशनल मण्डेलासँग तुलना गर्ने गर्दथे । त्यस्तै कमल कोयराला कोइराला परिवारका एक्ला कम्युनिष्ट थिए । दुवै नेताले माधव नेपाल नेतृत्वको नेकपा एस रोजेका हुन् ।

एमाले विभाजन पछि १५ वर्ष लामो समय एमालेको नेतृत्व गरेका माधव नेपाल र ११ वर्ष एमालेको नेतृत्व सम्हालेका झलनाथ खनाल सम्मले नेकपा एकीकृत समाजवादी गठन गरेपछि पूराना कम्युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी देखि कमल कोइरालासम्मले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

उनीहरुलाई नेकपा एसले केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चमा आवद्ध गरेको छ । नेकपा एसले ३३ सदस्यीय केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ ।


हेर्नुहोस नेकपा एसको जेष्ठ कम्युनिष्ट मञ्चमा रहेका नेताहरुको सूचि

प्रतिक्रिया