शुक्रबार, वैशाख ७, २०८१

तीन दिनमा तीन बन्दीको मृत्युपछि गृहबाट छानबिन समिति गठन

मेरोन्यूज २०७८ असोज ३१ गते १९:३७

काठमाडौं । गृहमन्त्रालयले पर्वत, कैलाली र सुनसरी जिल्लामा हिरासतभित्र बन्दीले आत्महत्या गरेको घटनाको सम्बन्धमा छानबिन गर्न र भविष्यमा त्यस्ता घटना घट्न नदिन कारागारमा अपनाउनुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्न एक कार्यदल गठन गरेको छ ।

पछिल्लो तीन दिनमा तीन वन्दीको हिरासतभित्रै मृत्यु भएपछि गृहले छानविन गर्न अध्ययन कार्यदल गठन गरेको हो ।

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गृहले कार्यदल गठन गरेको हो । कैलालीको टिकापुरमा गत असोज २५ गते एक बन्दी, सुनसरीको इनरुवामा गत असोज २४ गते एक बन्दी र २६ गते पर्वतमा एक बन्दीले हिरासतभित्रै आत्महत्या गरेका थिए । गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।

प्रतिक्रिया