शुक्रबार, वैशाख १४, २०८१

सरकारले थाल्यो चन्द नेतृत्वको नेकपासँग भएको सहमति कार्यान्वयनको पहल

गृहमन्त्री बालकृष्ण खाँणले कानुनमन्त्री बडु, महान्यायाधिवक्ता खाती सहितसँग छलफल

मेरोन्यूज २०७८ असोज ३१ गते १९:२६



काठमाडौँ । अघिल्लो केपी ओली नेतृत्वको सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग गरेको तीन वुँदे सहमतिको कार्यान्वयनमा यो सरकारले अग्रसरता देखाउन थालेको छ । सरकारले चन्द नेतृत्वको नेकपासँग भएको सहमति कार्यान्वयनको पहल थाल्ने निर्णय गरेसँगै गृहमन्त्री बालकृष्ण खाँणले अग्रसरता देखाएका छन् ।

खाँणले आइतबार सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गरेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री खाँणले कानुनमन्त्री सहितको छलफलमा अहिलेसम्म सहमति कार्यान्वयनका लागि भएका काम र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रीत रहेर छलफल भएको छ । मन्त्री खाणले सहमति कार्यान्वयका लागि अहिलेसम्म आफूले नेकपाका नेताहरूसँग गरेका वार्ता र उनीहरूका मागबारे जानकारी दिएका थिए ।

सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो ।


छलफलमा मुख्यगरी सहमतिको बुदाँ नम्बर तीनमा रहेको ‘नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाई र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ,’ भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।


छलफलमा कानुन सचिव सापकोटा र महान्यायाधिवक्ता खातीले कस्ता मुद्दा खारेज गर्न मिल्ने र जेलमा रहेका कैदीबन्दीलाई रिहाई गर्न मिल्नेबारे जानकारी दिएका थिए । कानुनसचिव सापकोटाले गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयबाट रिहाईका लागि सिफारिस मन्त्रालयमा आएका अधिकांशको रिहाई भइसकेको र केही फिर्ता गर्न नमिल्ने प्रकृतिका मात्रै बाँकी रहेको जानकारी गराएका थिए ।
फेरि सहमति कार्यान्वयनका लागि बाँकी रहेका विषयमा एक पटक छलफल गर्ने र तयारी पूरा भएपछि नेकपाका नेताहरूसँग बसेर टुंग्याउने सहमति बनेको छ ।


०७७ फागुन २० गते सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तत्कालिन गृहमन्त्री रामबहादु थापा र सदस्य तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई तथा नेकपाको तर्फबाट वार्ता टोलीका संयोजक पार्टी प्रवक्ता प्रकाण्ड र सदस्य पार्टी केन्द्रीय समिति सदस्य दिपकले तीन बुँदे सहमतिमा हस्ताक्षर भएको थियो ।


नेकपाका नेताहरूले वर्तमान सरकार बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवुकमार नेपाल, गृहमन्त्री खाणसहितलाई भेटेर अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गरेका थिए ।

प्रतिक्रिया