शनिबार, वैशाख ८, २०८१

मोहन वैद्य बिरामी, नर्भिक अस्पताल भर्ना

मेरोन्यूज २०७८ असोज ३१ गते १८:२१

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) बिरामी परेका छन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज विहान अस्पताल भर्ना गरिएको छ । परिवारका अनुसार उनलाई दम बढेपछि अस्पताल भर्ना गरिाएको हो ।

लामो समयदेखि उनी दमको रोगबाट पीडित बन्दै आईरहेका थिए । ७४ वर्षीय वैद्यलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो । उनको छातीको एक्सरे लगायतका स्वास्थ्य परिक्षण गरिएको छ । दुई चार दिन अस्पतालमै रहेर उनको उपचार गरिने डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया