मंगलबार, वैशाख ४, २०८१

राजेश हमालको निवासमा टिका थाप्न विदशी समेत पुगे

मेरोन्यूज २०७८ असोज ३१ गते १८:३१

काठमाडौँ । महानायक राजेश हमालको हातबाट दशैँको अवसरमा विदेशीले समेत टिका लगाएका छन् । दशैँको दिन उनको हातबाट टिका लगाउन र आशिर्वाद ग्रहण गर्न आफन्त, साथीभाई देखी शुभेच्छुुकसम्म उनको निवास लैनचौरस्थित कपुरधारामा पुगेका थिए ।

दशैँको तेस्रो दिन आज समेत उनको घरमा टिका लगाउन पुग्नेहरुको घुँईचो थियो । यसरी आज पुग्नेहरुमा विदेशी समेत थिए ।

नेपालमा रहेका हमालका विदशी साथी तथा शुभेच्छुकहरु टिका लगाउन आएका हुन् । यसरी आउनहरुलाई हमालसँगै उनकी पत्नि मधु भट्टराईले समेत टिका लगाईदिएकी थिईन् ।

प्रतिक्रिया