शनिबार, वैशाख ८, २०८१

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

मेरोन्यूज २०७८ असोज ३१ गते ११:१५

काठमाडौं । धनुषामा तीन जना सवार रहेको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

तीव्र गतिमा रहेको बा।४८।प ५५२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनुषाको गणेशमानचारनाथ नगरपालिका वडा नम्बर १ बस्ने २७ वर्षीय दीपलाल महरा र २१ वर्षीय हरिचन महराको मृत्यु भएको हो । लालबाबु पासवान गम्भीर घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया