बिहीबार, वैशाख १३, २०८१

मेलम्ची-इन्द्रावती जोड्न बनाइएको अस्थायी बाटोमा क्षति

मेरोन्यूज २०७८ असोज ३१ गते ९:३०

काठमाडौं । वर्षाका कारण मेलम्ची(इन्द्रावती जोड्न बनाइएको अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो ।

मोटरबाटोमा गएरातिको वर्षाले पुनः क्षति पुर्याएपछि सडक अवरूद्ध भएको हो । मौसम सुधार आउने वित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको छ । असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया