बिहीबार, चैत १५, २०८०

युवाहरुको कुटाईबाट प्रहरी सहायक निरीक्षकसहित ७ प्रहरी घाइते, ६ युवा पक्राउ

मेरोन्यूज २०७८ असोज ३० गते १६:२१

काठमाडौं । रुकुम पश्चिममा मदिराले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक निरीक्षक सहित ७ जना प्रहरी घाइते भएका छन् । युवाहरुलाई नियन्त्रण गर्ने क्रममा ढुंगा प्रहार गरेपछि एक सहायक निरिक्षकसहित ७ प्रहरी घाइते भएका हुन् ।

बाट प्रहरी सहायक निरीक्षक कोमलराज बोहरा, हवल्दार कालिबहादुर बोहरा, प्रहरी जवान लक्ष्मण गुरुङसहित अन्य ४ जना जवानहरु झडपमा परेका बेलामा गम्भीर घाइते भएका हुन्।

आठ जना मातेका युवाले बियरका बोतलले ट्रकको सिसा फुटालेको देखे पनि दुई जना मात्रै प्रहरी भएकाले उनीहरूले जिल्लामा खबर गरे। त्यसपछि जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम र स्थानीय अस्थायी प्रहरी पोष्ट बागबजारको संयुक्त टोली युवाको पिछा गर्दै गयो। त्यसपछि सबै युवाहरू एउटा घरको कोठामा प्रवश गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा बाहिर निस्किएर प्रहरीमाथि एकाएक ढुंगामुढा गरेपछि मुठभेडको अवस्था बनेको जिल्ला प्रहरी प्रवक्ता शाहले जानकारी दिए।

प्रहरीमाथि ढुंगामुढा गरेको अभियोगमा ६ युवालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुकुम पस्चिमले जनाएको छ ।

प्रहरीले रूकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ५ का २० वर्षीय नरेश पुन मगर, वडा नं. १ खानेपानी टोलका १८ वर्षीय राजनप्रकाश गिरी, सोही ठाउँका २० वर्षीय आकाश परियार, रूकुम पूर्वी जिल्लाको भूमे गाउँपालिका घर भइ हाल रूकुम पश्चिमको मुसिकोट नगरपालिका ५ बस्दै आएका २३ वर्षीय मर्कुश पुन मगर, मुसिकोट १० का २४ वर्षीय खडानन्द केसी र मुसिकोट १ का २५ वर्षीय हरिबहादुर घर्ती छन्।

Advertisement

घटनामा संलग्नमध्ये धनिराम नेपाली र स्वयल बिक भने फरार छन् ।

प्रहरीका अनुसार शुक्रबार राति ८ः४० बजेतिर मुसिकोट १ बागबजार नजिकै छेउमा पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकका सिसाहरू मदिराले मातेका युवाहरूले फुटाएका थिए । बियर खाँदै आएको युवाहरूको समूहले प्रहरीकै सामु बियरको बोतल प्रहार गरी ट्रकको अगाडि भागका सिसा फुटाइदिएका थिए। त्यतिखेर उक्त स्थानमा दुई जना प्रहरी मात्रै ड्युटीमा थिए ।

प्रतिक्रिया