शनिबार, वैशाख ८, २०८१

इनारभित्र मृत अवस्थामा भेटियो २० वर्षीय युवक

मेरोन्यूज २०७८ असोज ३० गते १२:५५

काठमाडौं । सिरहा जिल्लाको नरहा गाउँपालिका ३ स्थित इनारभित्र एक युवक मृत फेला परेका छन् । गोलबजार नगरपालिका ८ बस्ने २० वर्षीय शत्रुधन महतो शनिबार बिहान मृत अवस्थामा फेला परेको हो ।

महतोलाई इनारमा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले युवकको शव निकालेर पोष्टमार्टमका लागि पठाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

स्थानीयका अनुसार युवक नरहामै आयोजित झिझिया नाच हेर्न शुक्रबार राति गएका थिए । नाच हेर्ने क्रममा केही युवकबीच झगडा भएको थियो ।

झगडा र महतोको मृत्युको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘हामीले युवक इनारमा डुबेको विषयमा अनुसन्धान शुरु गरेका छौं,’ प्रहरी निरीक्षक ओझाले भने, ‘तत्काल केही भन्ने अवस्था छैन ।’

प्रतिक्रिया