शुक्रबार, वैशाख १४, २०८१

मेगा बैंककी डेपुटी सीइओ रविनाका रोजाई ?

किरण अधिकारी २०७८ असोज ३० गते १०:२४

नेपालीहरुको महान् चाड बडा दशैको सबैलाई शुभकामना । दिन चाहान्छु । दशैको बेला सबै आफ्नै घर, आफन्त र परिवारसँग व्यस्त हुन्छौं । यो दशैमा म रविना देशराज श्रेष्ठले आफ्ना केही कूरा सुनाउँन चाहान्छु । शुरु गरौं अहिलेको दशैबाट

अहिलेको दशैं
केही समय अघि मेरो घरमा नातिनी जन्मिएकी छ । यो दशैंमा उसैलाई खेलाउँदै बस्छु, उसैसँग रमाउँछु । नयाँ सन्तानलाई अहिले टिका लाउन मिल्दैन । हामी भने दशैंको टिका लगाउँछौं । म पूजा पाठ गर्छु दशैंमा । आफूले टिका लगाउने, टिका लगाइदिने आफन्तकाहाँ जान्छम् । रमाइलो हुन्छ दशैंमा ।

खुशीको क्षण
मान्छेहरुको जीवन भनेकै ब्यस्ततामा वित्छ । दैनान्दिनका काम, अध्ययन, भ्रमण, घर घडेरीका लागि मान्छेले गर्ने संर्घषमै मान्छेहरुको जीवन ब्यतित भईरहेको हुन्छ । मेरो जीवनमा पनि अफिसको काम गर्ने, शिक्षा लिने, विदेश घुम्ने, आवश्यक सामान किन्ने,लगायतका काममा जीवन वितेको छ । मेरो जीवनका हरेक काम महत्वपूर्ण छ । जीवनमा फरक –फरक टर्निङ प्वाइन्ट हुन्छ । जसलाई पक्डिएर अघि बढ्नु म जस्तै सबैका लागि महत्वपूर्ण हुन्छ ।

जब मेरो सन्तानहरुको जम्म भयो । त्यो जीवनको खुशीको क्षण हो । घर किन्नु, गाडी किन्नु आफ्नो ठाँउमा छ । वुवा आमाको स्वर्गबास भयो । दुखको क्षण पनि विताए । तर त्यसलाई भोगेरै आउनु पर्ने हुन्छ । अहिले मेरो नातिनीको जन्म भएको छ । सन्तानको पनि सन्तानको खुशी मिलेको छ । यो जत्तिको खुसीको क्षण के हुन्छ ?

सरकारबाट पुरस्कृत पनि भए, यस वर्ष । यसमा पनि म खुसी छुँ । नेपाल सरकारले संविधान दिवसको अवसरमा मलाई सुप्रवल जनसेवा श्री (चतुर्थ)बाट विभुषित गरेको छ । यसमा मलाई जीवनमा अर्काे एउटा खुशी मिलेको छ ।

यस वीचमा मेरो कामको मूल्यांकन गदै म जति पुरस्कृत हुन पाए, त्यसले जीवनमा थप केही गर्न उर्जा मिल्ने गरेको छ । मलाई पुरस्कृत गर्ने नेपाल सरकार लगायत जहाँ जाहाँबाट महिले अवार्ड पाएँ, सबैलाई धन्यवाद दिन चाहान्छु ।

वित्त, सेवाको लागि काम गर्ने व्यक्तिलाई सरकारले पुरस्कार दिएकोमा थप काम गर्न हैसल्ला मिलेको छ । अझै केही गर्नुपर्छ भन्ने दायित्ववोध भएको छ । मेरो हात खुट्टा चल्दासम्म महिले सेवा गर्नुपर्छ भन्ने प्रेरणा मिलेको छ ।

मान्छे दुई छाक खानका लागि दुईटै हात फैलाएर बस्नुपर्ने अवस्थामा छन् । मलाई चलचित्र,मोडलिङ, फेसनबाट अफर पनि आएका थिए । तर त्यसरी अफर आउँदा महिले मेरो खुसीका लागि वित्तिय क्षेत्र रोजेको हुँ । खुशीपनका लागि र शरीरको तन्दुरुस्तीका लागि महिले योगा पनि गर्छु । सबै कुरामा सन्तुष्टि लिन सकियो भने जीवनमा खुसीपनले छुन्छ ।

शरिर मन र ज्ञान
भित्रबाट मान्छे खुसी भयो भने सधै सन्तुष्ट हुन्छ । गाह्रोसाह्रो जीवनमा सबैलाई आईपर्छ । जीवनमा आइपर्ने दुःखलाई हटाउनुपर्छ, चिन्ता लिनु हुँदैन । मलाई चनाखोपना मनपर्छ । धेरैमा हेर्छु । कुनै पनि सोचमा २ दिन भन्दा बढी पर्दिन । शरीरलाई गाह्रो महसुस नगराई आनन्दित बनाउन सकिए जहिल्यै जीवन सुन्दर बन्छ ।

ज्ञानको कुरा मनमा लिएर अघि बढ्दा शरिर पनि राम्रो हुन्छ । हामीले राती सुत्दा आज के गरे भन्ने र विहान उठ्दा आज यो गर्छु भन्ने सोच राख्दै काममा लाग्नुपर्छ । एउटा चिया पसल गरु की, रिक्सा नै चलाउँ कि के गरु भनेर सोच्नुपर्छ । जीवन कहिलेसम्म छ, कसैलाई थाहा छैन, छोटो समयमा हुने कामलाई प्रमुखता दिदै अघि बढे सबैको मन, शरिर र ज्ञान बलियो हुन्छ । त्यसो भएमा हामी खुसी हुन्छौं ।

पुस्तान्तरणमा फरकता छ । अरुको कूरा बुझ्न महिले आफैले प्रयास गर्नुपर्छ । पुस्तान्तरणमा नाताको मात्र नभएर मायाको दृष्टिले हेर्नुपर्छ । मैले मेरी बुहारी प्रियंका काकीलाई महिलाको दृष्टिले हेर्छु । दुईतर्फै सञ्चार भयो भने राम्रो हुन्छ पुस्तान्तरण ग्यावका लागि । कम्युनिकेशनमा प्रष्टता हुनुपर्छ । जसले माया, शान्त र योजनाका बाटा खोल्छन् । जहाँ पनि राम्रो भनेर लाग्नुपर्छ । गालामा छिट्टै चिउरी देखिनु, धर्काहरु बस्नु चिन्ता हो । तसर्थ सबै व्यक्तिले खुसीपनामा बस्न सक्दा सुखद हुन्छ । राम्रो देखिन्छ ।

बैंकसँगको नाता

म सामाजिक काममा लाग्ने मान्छे । विकासको क्षेत्रमा काम गर्ने भएकाले इन्डियामा काम गर्न नर्सिङको मैले मदर टेरिसासँग काम गरे । घुडा टेकेर गाउँघरमा जाऊँ, सेवा गरु भन्ने सोच थियो । मैले इन्र्टनसिपमा काम गर्दा स्टान्डर्ड चार्टड बैंकले मलाई फोर्स गर्यो काम गर्नलाई । मैले स्वीकारे । सोचे यसैमा केही गर्न सकिन्छ । त्यसपछि म लागेँ । बैंकिङमा लागेको संयोग भन्दिन, यहाँ लागेर केही गर्नुपर्छ भन्ने सोचे । अनि, लागे स्टान्डर्ड चार्टड बैंकमा काम गर्न ।

बैकमार्फत कुन क्षेत्रमा लगानी गर्ने ? गाउँका मान्छेलाई कसरी सक्षम बनाउने ? भन्ने योजना र समृद्धिका लागि बैंकमा ३० वर्ष बिताए । स्टान्टर्डड हुँदै नबिल र अहिले मेगा बैंकमा कार्यरत छुँ । रसुवाको स्याप्रुबेसी गाउँमा पहिलो शाखा खोलेर हलोदेखि हाइड्रोसम्म मेगा बैंक लागेको छ ।

निक्षेप लिने, ऋण दिने काम बैंकले गर्छ । ब्यालेन्स सिटमा असर पार्नेलाई छुट्टाएर सबैले हेरेको छ । ग्लोबल चिजले गर्दा यहि सब बाहिरको फोर्सलाई नियमन गर्नुपर्छ । तरलता आउने सर्वसाधारणबाट हो, विवेक, सीपलाई लिएर जुनसुकै कामलाई अंकमाल गर्दा बैंकको काम राम्रो छ । कोभिडको बेला वित्तिय क्षेत्रले सेवा कार्यलाई प्राधमिकता दिएको हो । बैंक भनेको नाफामुलक कार्यमा लाग्ने संस्था हो । ब्याज उठाउन लागेका हुन्छौं ।

मान्छेलाई हामीले पढाउँन सक्यौं भने आर्थिक विकास गर्न सकिन्छ । मेगा बैंकले पनि दुर्गम स्थानका महिलालाई अध्ययनमा लगाउन थालेको छ । चेतना बढाउन पनि शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षाले केही गरौं भन्ने चाहाना बढाउँछ ज्ञानसँगै । केही लक्ष्य राखेर अघि बढ्न सजिलो हुने भएकाले शिक्षालाई सबैले महत्व दिऔं ।

सिइओ बन्ने छैन सोच
मलाई बैंकमा सिइओ बन्न अफर नआएको होइन । अफर आएपनि मैले प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई प्राथमिकतामा राखिन । मैले लक्ष्य अनुसार काम गर्ने भनेर डिसीओमै बसेर काम गरिरछुँ । मेरो सोच फरक छ । मेरो सिईयो बन्ने सोच छैन । म कामलाई केन्द्रबिन्दु बनाएर अघि बढ्छु । अहिले म डिसियोमै रमाइराछुँ ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया