बिहीबार, चैत १५, २०८०

यमनमा राजनीतिक समाधान खोज्न राष्ट्रसंघीय विशेष दूतको सुझाव

मेरोन्यूज २०७८ असोज २९ गते १५:४०

सयुक्त राष्ट्रसंघ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रन्बर्गले बिहीबार यमनको आन्तरिक राजनीतिक विवादको राजनीतिक समाधान खोज्नुपर्ने बताएका छन् ।यहाँको संटकको समाधान राजनीतिक रुपमा खोजिनुपर्ने उनले बताएका हुन् । यसका लागि यहाँका राजनीतिक शक्तिहरुका बीचमा एक किसीमको बृहत राजनीतिक सहमतिका आधारमा यस्तो समाधान निकाल्नुपर्नेमा उनले जोड दिएका हुन् ।

यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत ग्रन्डबर्गले यसका लागि यहाँका सबै प्रकारका राजनीतिक शक्तिका साथै राजनीतिक दलहरुका बीचमा पनि बृहत राजनीतिक सहमति हुनु जरुरी छ भनेका हुन्। यसरी निकालिएको राजनीतिक समाधानले मात्र यहाँको समस्याको दिगो समाधान हुने र यहाँको आर्थिक, सांस्कृतिक पुनस्र्थापनाका लागि सहयोग पुग्नेछ–उनले भनेका छन् ।

यमनमा विगतका केही वर्षहरुदेखि राजनीतिक हिंसा जारी रहेको छ । यसबाट कैयौँ नागरिकको ज्यान पनि गएको छ । यहाँको हिंसा अन्त्यका लागि शान्तिपूर्ण वार्ताको माध्यमबाट अघि बढ्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया