शुक्रबार, वैशाख १४, २०८१

गुल्मिमा जिप दुर्घटना, ३ जनाको निधन

मेरोन्यूज २०७८ असोज २९ गते ७:२६

काठमाडौं। गुल्मी जिल्लाको रेसुंगा नगरपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु छ । दशैं मनाउन बुटवलबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेकाहरु दुर्घटनामा पर्दा गुल्मीको मुसिकोट नगरपालिकाका दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मिका अनुसार गुल्मीको मुसिकोट नगरपालिका २ जलजला बस्ने ७० वर्षीय क्षेत्र बहादुर थापा, सोही ठाउँकी ४० वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका ३ नेटाकी १९ वर्षीया संगीता सुनारको मृत्यु भएको छ ।

लु १ ज ४४९० नम्बरको जिप गएराति ११ बजेतिर रेसुंगा नगरपालिका– १० छहरा भन्ने स्थानमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।दुर्घटनामा जिप चालकसहित ६ जना घाइते भएका छन् ।

प्रतिक्रिया