बिहीबार, वैशाख १३, २०८१

मुगु बस दुर्घटना छानबिन गर्न समिति गठन

मेरोन्यूज २०७८ असोज २८ गते १४:४५

काठमाडौं । मुुगु बस दुर्घटनाको छानविन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ ।
१० दिनभित्र बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको सो कार्यालयले जनाएको छ ।

समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य हुनुहुन्छ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे१ ख ३१६७ नंम्वरको बस मङ्गलबार जुम्ला-मुुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना भएको थियो । घटनामा परी ३२ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए ।

प्रतिक्रिया