मंगलबार, वैशाख ११, २०८१

दशैमा पढ्नै पर्ने पुस्तक

किरण अधिकारी २०७८ असोज २८ गते १५:१५


मान्छे सधैभरी अधिकांश काममा व्यस्त हुने प्राणी हो । आफ्नो कार्य, व्यवसायबाट फुर्सद पाइने समय लामो विदा हुने गरेको समाजशास्त्रीहरुले बताएका छन् । त्यसमध्ये एक घरको कामसँगै फुर्सद निकाल्ने चाड दशै हो ।
दशैको समयमा धेरैले केही पुस्तक पढौं भन्ने पनि चाहान्छन् । मुख्य कारण बसेर कुनै राम्रो पुस्तक पढ्नु तनाव घटाउने सजिलो उपाय हुने भएकाले । त्यसैले अरु केही नसोची पुस्तक पढ्दा मानसिक सन्तुलन कायम राख्न उपयोगी हुने भएकाले पनि फुर्सदमा पुस्तक पढ्नु राम्रो हो ।

पढ्नैपर्ने २ पुस्तक


‘अ प्रोमिस्ड ल्याण्ड’


अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको ‘अ प्रोमिस्ड ल्याण्ड’ पेनगुइन ¥याण्डम हाउसले प्रकाशित गरेको पुस्तक छ । सबैले यहि दशैंमा पढ्न सक्छौं । जुन पुस्तक काइन्ले कभरको १७.९९ डलर र हार्ड कभरको १०.७० अमेरिकी डलर पर्छ । पुस्तक पढ्न मन लागेर किन्नका लागि रकम नभएपनि अनलाईन मार्फत अडियो सुन्न तथा अनलाईन कपी पढ्न सकिन्छ ।
ओबामाको पुस्तक अमेरिकाको आधुनिक इतिहासमा राष्ट्रपतिबाट लिखित संस्मरणमा चर्चित पुस्तक हो । दुई पटकको राष्ट्रपति पद सकिएर अर्को चुनाब सकिएको दुई हप्तापछि ओबामाको ७६८ पृष्ठको पुस्तक प्रकाशित भएको हो । यो पुस्तकमा उनले आफ्नो पहिलो कार्यकालमा ह्वाइट हाउसको बसाइका कुरा समेटेका छन् ।
जसले ‘अ प्रोमिस्ड ल्याण्ड’मा प्राध्यापन, अदालत र सत्ता तथा राष्ट्र प्रमुखबारेको अवसर, चुनौती तथा योजनाबारे उल्लेख गरेका छन् ।

अखिल ज्ञान
राजनीतिक इतिहास युगौं युगसम्म रहन्छन् । अझ नेपालको टुटफुटको कम्युनिष्ट आन्दोलन, नेपालका कम्युनिष्ट पार्टीका इतिहास र यसका चत्रिरका बारेमा ज्ञान एउटै कितावमा खोजनु परयो भने अखिल ज्ञानमा पाउन र भेटन सकन्छि । यसले कम्युनिष्ट आन्दोलनका बारेमा मसिनो गरी वुझने र अध्ययन गर्ने मौका मिल्छ ।

इसका लेखक हुन्– पूर्व विधार्थी नेता लेखनाथ न्यौपाने । दशैंको सम्मुखमै असोज १४ गते न्यौपानेले आफनो पुस्तक अखिल ज्ञानलाई नयाँ किसित घटनाक्रमसम्मलाई समेटेर चौथो संस्करण बजारमा ल्याएका छन् । त्यसका लागि माओवादीमा लागेको नेता न्यौपानेले तयार पारेको पुस्तक अनेरास्ववियु(क्रान्तिकारी) ले प्रकाशन गरेको हो । जसको मुल्य ४७५ रुपैयाँ पर्छ ।

भुइयाँ
नेपाली पत्रकार यज्ञशको लेखनमा फइनप्रिन्टद्धारा प्रकाशित भुइयाँ यो दशैमा पढ्न सकिन्छ । यस पुस्तकमा समाजको गर्भमा हुने आन्दोलनका लाभाले पार्ने समस्या तथा परिवर्तनका बाटो र टेवाबारे उल्लेख छ । जसमा आन्दोलित जीवन भोगेका महिलाहरुका कथा समेटिएको छ । महिलावादी पुस्तकले आन्दोलन जो कुनै सत्ता र शक्तिका लागि नभई औसत जीवनको खोजीका लागि भैरहेका कुरा समावेश गरेको छ । वस्तुभाउको सिनो उठाउन नमान्दा नाकाबन्दी भोगेकाहरुको आन्दोलन गर्ने भुइँमान्छेहरु हुन् जसका कथा हाम्रो समाजका लागि भुईयाँमा उल्लेख छ । जसको रकम ३८८ हो ।

दर्शैमा युवाले पढ्नैपर्ने पुस्तकका नाम
यी जस्तै दशैमा युवा पुस्ताले पढ्नसक्ने केही पुस्तक अरु पनि छन् जुन नामबाट मात्र थाहा पाउन सकिन्छ । निम्न पुस्तक पनि यस दशैंमा पाठकहरुले किनेर लगेर अध्ययन गर्न सकिन्छ ः
दशैमा युवा पुस्ताले पढ्ने पुस्तकहरुः

१) समर लभ– सुविन भट्टराई
२) सिस्टर कल्पना– युधिर थापा
३) जुकरबर्ग क्याफे– अश्विनी कोइराला
४) पर्पला– मिलन संग्रौला
५) सर्पदंश– तारिणीप्रसाद कोइराला

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया