बिहीबार, वैशाख १३, २०८१

जुम्लामा भ्याली भ्यू होटल सञ्चालक मृत फेला

मेरोन्यूज २०७८ असोज २८ गते १२:४५

जुम्ला । जुम्लामा होटल व्यवसायी गर्दै आएका दैलेखका शेरबहादुर शाहीको बिहीबार बिहान शव फेला परेको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका–६ पुरानो बसपार्क नजिक कर्णाली राजमार्गको छेउमा भ्याली भ्यू होटल सञ्चालन गर्दै आएका उनको होटेलकै बरण्डामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार होटल बाहिर यत्रतत्र रगतका छिटाहरू देखिएकाले हत्याको आशंका गरिएको छ ।

शाहीले करिब दुई वर्षदेखि जुम्लामा होटल व्यवसाय गर्दै आएका थिए ।

प्रतिक्रिया