शुक्रबार, वैशाख १४, २०८१

एलपी ग्यास बोक्ने बुलेटभित्र १२० किलो गाँजा फेला

मेरोन्यूज २०७८ असोज २८ गते १०:३०

काठमाडौं । पर्सा जिल्लाको वीरगञ्जस्थित आइसिपी गेटमा ग्यास बुलेटभित्र १२० किलो लागुऔषध गाँजा फेला परेको छ । एलपी ग्यास बोक्ने भारतीय नम्बरको बुलेटमा बुधबार दिउँसो चार बजेतिर गाँजा फेला परेको हो ।

वीरगञ्ज महानगरपालिका–२५स्थित आइसिपी गेटमा शंकास्पद अवस्थामा रोकिएको ग्यास बुलेटलाई जाँच गर्दा चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको १२० किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार ग्यास बुलेट र सो गाँजा नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइए छ ।

प्रतिक्रिया