शुक्रबार, वैशाख १४, २०८१

फाइनलपछि नेपाल नफर्कने अल्मुताइरी घोषणा

मेरोन्यूज २०७८ असोज २७ गते २०:२७

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरी साफ च्याम्पियनसिपको फाइनलपछि नेपाल नफर्कने घोषणा गरेका छन् ।

आज बंगलादेशसँगको खेलपछि आयोजित पत्रकार सम्मेलनमा अलमुताइरीले यस्तो घोषणा गरेका हुन् ।

उनले आफूले प्रशिक्षकको जिम्मेवारीबाट आफूले राजीनामा दिइसकेको र फाइनल खेलपछि नेपाल नफर्कने बताए ।

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीसँग विवाद भएपछि अल्मुताइरीले फेसबुकमार्फत् राजीनामा घोषणा गरेका थिए ।

प्रतिक्रिया