बिहीबार, चैत १५, २०८०

‘अब एमालेबाट देशको नेतृत्व हुनै सक्दैन’

बेदुराम भुसाल, महासचिव, नेकपा (एकीकृत समाजवादी) २०७८ असोज २८ गते १७:३०

० लामो समय आफैले त्याग, पसिना बगाएको पार्टी आफैले विभाजन गरेर किन हिड्नुपरयो ?

विभाजन भन्दापनि हामीले एमालेमा विद्रोह गरेका हौँ । विद्रोह गर्नुको कारण एमाले पार्टी जुन सिद्धान्तमा बनेको थियो । अहिलेको एमालेको नेतृत्वले ति सवै छोडिदियो । पार्टीलाई रुपान्तरण गर्ने दिशातिर जानै चाहेन । सबै सिद्धान्त छाडेर पुरै ब्यीक्तवादमा पार्टीलाई हिडाँउने, पश्चगमनतिरको पाइला चाल्ने र जनताको पक्षमा काम गर्न पनि छोड्ने गरी अगाडी वढ्न थाल्यो । त्यसैले हामीले एमालेले अंगालेको सिद्धान्त माक्सवाद, लेनिनबादको सिद्धान्त बोकेको अर्काे एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी निमार्ण गर्न आवश्यक छ भन्ने ठान्यौ ।

ती सिद्धान्तलाई अगाडि बढाउनका लागि, खासगरी नेपाली समाजमा जसरी परिवर्तन आयो । अब समाजवादको सिद्धान्तबाट अगाडि बढ्नु पर्छ, समाजवादी कार्यदिशा लिएर हिड्नु पर्छ भन्ने भयो । यो कुरा हामीले एमालेको ९ औं महाधिवेशनमा पनि गरेका थियौं । त्यो अनुसार एमाले पार्टी अगाडि बढ्न सकेन । अगाडि नबढेपछि यसको विकल्पमा जानु पर्छ भनेर नै हामीले एमालेवाट विद्रोह गरेका हौं ।

० तपाईहरुले अहिले बनाएको पार्टी नेकपा (एकीकृत समाजवादी) के अर्थमा एमालेभन्दा फरक छ ?

एकीकृत समाजवादी पार्टी एउटा माक्सवादी पार्टी हुन्छ । जुन समाजवादतर्फ अगाडि बढ्छ । हामी समाजवादको स्थापना गर्ने भनेर लागेका छौ । संविधानले नै लक्षित गरेका समाजवाद निमार्णका लागि हामीले नेतृत्वदायी भुमिका निमार्णका लागि यो पार्टीलार्र्ई अगाडि बढाउन लागिएको हो । तर एमाले सवै विचार, राजनीति , दर्शन र आर्दश सवैबाट च्यूत भईसकेको छ । अव एमालेबाट देशको नेतृत्व गर्न सकिदैन । असली कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्छ भनेर हामीले नयाँ पार्टी निर्माण गरेका हौं ।

Advertisement

० समाजवाद नै किन ? यो त मुखले भन्ने मात्र नारा त होला ?
समाजवाद त आजको संसारमा महत्वपूर्ण भएको छ । अब समाज कता जान्छ, आम धारणा के हो भन्दा समाजवाद तर्फ जानुपर्छ । समाजवाद भन्ने वितिकै स्वतन्त्रता र समानुपातिक सहितको व्यवस्था हो । अहिले हामीले स्वतन्त्रता प्राप्त गरेका छाँै । राजनीतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, सामाजिक स्वतन्त्रता, सांस्कृत्तिक स्वतन्त्रता प्राप्त गरेका छौँ । हामीसँग अहिले पनि रहेका समाजिक विभेदलाई परिवर्तन गर्नु छ । राजनीतिक, आर्थिक, समाजिक, सांस्कृतिक स्वतन्त्रताका रुपमा समाजले परिवर्तन गर्न पायो । तर समाजमा समस्या छन् । यी समस्या स्वतन्त्रताले मात्र पुग्दैन ।

समाजवादको मान्यता समाजका समस्या समाधान गर्न समानुपातिक सहितको स्वतन्त्रता हुनुपर्छ भन्ने मान्यता हो । समाजमा रहेका सबै विभेद अन्त्य हुन्छ भन्ने मान्यता माक्र्सवादी मान्यता हुन । माक्सवादी हुनका लागि यो मान्यता हुनुपर्छ ।

समाजमा जातिय असमानता, ऐतिहासिक धार्मिक, सांस्कृतिक विभेद छन् । ती सबै असमानताको अन्त्य हुनुपर्छ भन्ने मान्यता हो । समाजिक क्षेत्रमा जातिय हिसाबका, राजनीतिक हिसाबका असमान्यता छन्, विभेदहरु छन् यिनलाई हटाउन पर्छ । समाजमा हुने अन्य प्रकारका विभेद छन् । जसले आजसम्म महिलाहरुलाई बोक्सीको आरोप लगाएर अनेकौं हमला गरिन्छ । त्यस्ता खालका समाजमा रहेका विसंगति, गल्ती छन्, त्रुटीहरु छन् । त्यसको अन्त्य गर्नु हो समाजवाद भनेको । ति विषयमा जानु पर्छ भन्ने मान्यता हो ।

एमाले र माओवादीबीचको गठबन्धनबाट हामी चुनावमा गएपछि जुन खालको मानिसमा आस थियो । त्यसले समाज परिवर्तनको अभियान सञ्चालन गर्नका लागि एउटा राम्रो अवसर थियो । त्यस अनुसार त्यो सरकारले काम गर्न सकेन । एमालेबाट केपी ओलीले नेतृत्व गरेको सरकारले केही पनि गरेन ।

सरकार त्यो विषयमा अगाडि बढेन । केही कदम पनि चाल्न सकेन । त्यसविषयमा हाम्रा मतभेद भयो । त्यो मतभेद उहाँले सहन सक्नु भएन । उहाँले एकल ढंगले चल्न खोज्नु भयो । मतभेद राख्ने माथि कारबाही गर्न थाल्नु भयो । उहाँको नेतृत्वमा रहेको यो संगठनबाट त्यो काम हुन सक्दैन भन्ने निष्कर्षमा हामी पुग्यौं र हामीले नयाँ बाटो कोरोका हौ ।

० एमाले त जनताको वहुदलीय जनवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तको रुपमा मान्दै आएको छ, अव तपाईहरु एमालेबाट छुट्टिएपछि त्यही सिद्धान्तलाई मान्नु हुन्छ कि मान्नु हुन्न ?

ज्नताको वहुदलीय जनवाद (जबज) को सैद्दान्तिक मान्यतालाई हामीले मान्छौं । जनवादी क्रान्तिको सिद्धान्त हामीले मान्छौ । जनवादी क्रान्तिको चरण पार गरेर समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेका छौं हामी ।

समाजवादी क्रान्तिको चरणमा अव जवजले मात्रै सम्बोधन गर्न सक्दैन । त्यो मात्रै प्रर्याप्त हुँदैन । यसलाई अझ विकसित गर्नुपर्छ । त्यसैले हामीले भनेका छौ – जनताको मुल्य मान्यतालार्ई विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्छौ । त्यसो हुँदा जवजका चार वटा आयाम छन् ।

दार्शनिक, राजनीति, आर्थिक, समाजिक/सांस्कृतिक आयाम । सैदान्तिक र दार्शनिक जुन आयम, मुल्य ÷मान्यता छन् । ती मुल्य र मान्यताबाट हामी अगाडि बढ्छौ । कानुन निर्माण कार्यान्वयनमा संवैधानसँगै भइसकेका छन् । आर्थिक क्षेत्रमा केही कुरा कार्यान्वयन जान सक्ने अवस्था भएको छ भने केही बाँकी रहेको कार्यावन्यन गर्नु पर्छ । समाजिक सांस्कृतिक क्षेत्रमा जवजले समातेको मान्यता यिनै हुन् । यसलाई कार्यान्वयन गर्दै जानु पर्छ ।

अब हामी समाजवादको दिशामा अगाडि बढेर मात्रै त्यो सम्भव हुन्छ । त्यसो भएकोले जवजका मुल्य ÷मान्यताको रक्षा सकेसम्म गर्ने र समाजवादको दिशामा अगाडि बढ्ने भन्ने नारा नै तय गरेका छौ । त्यो नै हाम्रो सिद्धान्त हो ।

० पार्टी कमिटी जम्बो बनाउनु भयो, तर यो विवादरहित रहेन, समावेशी चरित्रको बन्न सकेन भन्ने गुनासोप्रति के भन्नुहुन्छ ?

हामी पहिलो पार्टी हो, जसले ३३ प्रतिशत महिला राखेर केन्द्रीय कमिटी निमार्ण गरेका छौँ । हाम्रो २१२ जनाको कमिटीमा ४० जना महिला छन् । दोस्रो विभिन्न समुदायका मान्छे छन् । हरेक समुदायका मान्छे छन् । अरु पार्टीमा छैनन् । सबैलाई समेटेर हामीले केन्द्रीय कमिटी बनाएका छाँै । पदाधिकारीमा महिलाको सहभागिता छ । एउटा प्रश्न उठेको छ ।

दलितको प्रतिनिधित्व पदाधिकारीमा हुनु पर्ने त्यो हामी केही दिनमा नै मिलाउँछाँै । भौगोलिक हिसाबले पनि समावेशी भएन भन्ने गुनासो आएको छ त्यो पनि मिलाउँछौँ । हाम्रो कमिटी पदाधिकारी जति समावेशी छन् अरुमा त्यती छैन ।

० अन्य पार्टीसँग पनि तत्कालै एकता गरेर जाने सोच्नु भएको छ की ?

पार्टी निर्माणका क्रममा जीवन राईको नेतृत्वमा रहेको नेकपा एकीकृतसँग हामीले पार्टी एकता गरेका छौं । पार्टीको नाम हाम्रो र चुनाव चिन्ह उहाँहरुको पार्टीको मिलाउने गरी हामीले पार्टी एकता गरयौं ।

तर अहिले तत्काल अन्य कुनै पनि पार्टीसँग हाम्रो पार्टी एकता हुँदैन । हामी नेपाली कम्युनिष्ट आन्दोलनलार्ई एकताबद्ध बनाउने कुरामा लाग्छाँै । समाजवाद निमार्णको अभियान सफल पार्नको लागि एकताबद्ध कम्युनिष्ट पार्टीको आवश्यकता छ । तर हामीले एकता गर्ने दृष्टिकोण मेल खाने हुनु पर्छ ।

अब समाजवादको दिशामा जाने दृष्टिकोण जसले राख्छ, समाजवादी क्रान्तिको दिशामा कम्युनिष्ट आन्दोलनलार्ई अगाडि बढाउछन्, समाजवादी कार्यदिशा अगाडि सार्छन् तिनीहरुसँग चाहिँ हाम्रो सहकार्य हुन्छ । सहकार्य भएर भविष्यमा पार्टी एकता हुन सक्छ । तर अहिले तत्कालै कसैसँग एकता हुने जस्तो छैन ।

० एकीकृत समाजवादीको अबको भुमिका के हुन्छ ?
मुलुकलार्ई समाजवादको दिशामा अगाडि बढाउने, समाजमा के के गर्नु पर्छ आर्थिक, समाजिक क्षेत्रमा के के गर्नुपर्छ सांस्कृतिक क्षेत्रमा के गर्नु पर्छ । अहिलेसम्म हामीले प्राप्त गरेका राजनीतिक उपलब्धीका विषयमा के गर्नुपर्छ । त्यसमा हामीले भुमिका निर्वाह गर्ने हो ।

अहिले हामीले प्राप्त गरेका लोकतान्त्रिक हक अधिकार छन् उनीहरुलार्ई समाजवादतिर रुपान्तरणको निम्ती लैजानुपर्छ । यो वीचमा प्रतिनिधि सभाको विघटन गरियो जुन गैर संवैधानिक कदमका बिरुद्धमा हामीले सडकमा गएर प्रतिगमनविरुद्ध आन्दोलन गरयौं ।

हाम्रो स्पष्ट धारणा छ कि यो संविधानको रक्षा गर्नु पर्छ । यो संविधानले नेपालमा लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छन् । समावेशी /समानुपातिक चरित्रको लोकतान्त्रिकको व्यवस्था सुनिििश्चत गरेको छ । यो ठूलो उपलब्धी हो । यो उपलब्धीलार्ई जोगाउनु पर्छ । त्यो जोगाउनका लागि हामी भुमिका निर्वाह गर्छौ ।

दोस्रो अहिले मुलुकमा विभिन्न समस्या छन् । विभिन्न खालका जनताका सरोकारका विषयका सन्दर्भमा हामीले भुमिका खेल्छाँै । कहाँ कसरी भुमिका खेल्न सकिन्छ भन्नेमा हामी अगाडि गइरहेका छौँ । सरकारमा गएर केही गर्न सकिएला भनेर पनि हामी सरकारमा गएका छौं ।

हामीले विभिन्न क्षेत्रबाट भुमिका खेल्न सक्छौं । त्यो गछौँ । दुई किसिमबाट जाने भनेर हामीले भनेका छौँ । एउटा राजनीति विचारमा बहस गछाँै । राजनीतिमा भएका विसंगति पक्ष, भ्रष्ट पक्ष छ त्यो उपभोतावादी संस्कृतिको विकास भएको छ । त्यसका विरुद्धमा जगारण अभियान चलाउनु पर्छ त्यममा हामी लाग्छौँ । दोस्रो समाजिक चेतनाको पनि खाँचो छ । समाजमा अहिले चलिरहेका विभिन्न खालका विभेदका विरुद्ध जनचेतना अगाडि बढाइन्छ ।

जनचेतना अभियानको पनि खाचो छ । हाम्रो पार्टीले राजनीति रुपले अगुवा गर्नु पर्छ भन्ने छ । त्यसरी हामी अगडाी वढ्नुपर्छ ।

(हरि भट्टसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया