शुक्रबार, वैशाख १४, २०८१

दशैँमा दुर्घटना बढ्दो : मृतकका परिवारलाई सरकारले अन्त्यष्टि खर्चसहित राहत दिने

घाईतेलाई निःशुल्क उपचार गर्ने

मेरोन्यूज २०७८ असोज २७ गते १७:३०

काठमाडौं । पछिल्लो समय नियमित रुपमा भईरहेको दुर्घटनाहरुमा मृत्यु भएका प्रत्यक जनाको अन्त्यष्टि खर्च सरकारले व्यहोर्ने भएको छ । बिहिबार गृहमन्त्रालयले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै दुर्घटनामा परेर मृत्यु हुनेहरुको अन्त्यष्टि खर्च र मृतक परिवारलाई उचित राहतको व्यवस्था गरिने बताएको हो ।

त्यस्तै सरकारले घाईतेहरुको समेत निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको छ । सरकारले मुगुमा भएको दुर्घटनामा मात्रै नभई कास्की लगायतका देशभरका विभिन्न क्षेत्रमा भएका दुर्घटनाहरुमा परेर मृत्यु भएको परिवारलाई राहत र घाईतेहरुको निःशुल्क उपचार गर्ने विज्ञप्ति माफृत जनाईएको छ ।

प्रतिक्रिया