मंगलबार, वैशाख ११, २०८१

बढी उमेरमा फुटबल खेल्ने विश्व चर्चित खेलाडीहरु

आयुश राठौर २०७८ असोज २७ गते १४:२४

काठमाडौँ । फुटबल संसारका लोकप्रिय खेलहरु मध्येको एक खेल हो । यो खेल निक्कै चर्चित छ । सामूहिक रुपमा खेलिने यो खेलमा कति उमेरस मुहका मानिसहरुले खेल्छन् ? ठ्याक्कै उमेर समुहले प्रतिवन्धित खेलाडीहरुका लागि गरिएको हुँदैन । तर पनि युवा अवस्थामा खेलिने यो खेल वयस्क हुँदै जाँदा खेलाडीहरु ऋाफैले छोडने गरेका इतिहासहरु छन् ।

विश्वभरका लाखौं खेलप्रेमीहरु फुटवलका प्लेयरहरुलाई हेर्छन् र आफुलाई पनि उसैगरी खेल्ने कौशल भएको भ एभनेर समेत तुलना गर्ने पनि भेटिन्छन् । कयौं खेलाडीका असंख्य फ्यानहरु छन् । जो आफना मनपर्ने खेलाडीका फिदा समेत हुने गरेका छन् ।

वुढ्यौली हुँदा सम्म केही खेलाडीहरु भ्ने खेललाई छोडन सकेका छैनन । त्यस्तै मध्येका केही खेलाडीहरु इस प्रकारका छन् ।

काजुयोशी मिउरा (५४ वर्ष)

काजुयोशी मिउरा जापानी व्यवसायिक फुटबलर हुन् । उनी अहिले ५४ वर्ष पुगे । उनलाई धेरैले काजु भनेर चिन्छन् । उनको नाममा धेरै विश्व रेकर्डहरु पनि छन् । उनले ५० वर्षको उमेरमा सन् २०१७ मा गोल गरेका थिए । जुन अहिलेसम्म सबैभन्दा बढी उमेरका फुटबलरले गरेको गोल हो । एशियाको ‘फुटबलर अफ द इयर’ अवार्ड प्राप्त गरेका उनी पहिलो खेलाडी हुन् ।

मिउराले सन् १९९० देखि २००० सम्म जापानको राष्ट्रिय टिमबाट खेलेका थिए । यस अवधिमा उनले राष्ट्रका लागि ५५ गोल गरेका थिए । उनले आफ्नो देशका अतिरिक्त अन्य विभिन्न देशमा रहेका फुटवल क्लबहरुबाट समेत खेलेका छन् । उनले पाल्मेरास, जÞाग्रेब, सान्तोस, जेनोवा र डायनामो जस्ता चर्चित क्लबमा फरवार्डका रुपमा खेलिसकेका छन् । उनी सन् १९८६ देखि फुटबल खेल्दै आइरहेका छन् ।

जियान लुइगी बफन (४३ वर्ष)

इटालीका फुटवलर जियान लुइगी बफन ४३ वर्ष पुगे । यस उमेरमा समेत उनी फुटबल खेलेर रमाइरहेका छन् । इटालीयन क्लबका गोल रक्षक उनी राष्ट्रिय फुटबल टिम र सिरी ए क्लब युभेन्टसबाट खेल्दै छन् । इटालीको राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेलेका उनी आफैमा कीर्तिमानी खेलाडी हुन् । उनी विश्व फुटबलमा सबैभन्दा प्रिय र सम्मानित खेलाडीमध्ये एक हुन । उनी सिरी ए फुटबलर अफ द इयर अवार्ड जित्ने पहिलो गोलकिपर थिए । उनी सन् १९९५ देखि फुटबल खेलेर रमाउँदै आएका छन् ।

सुन्सुके नाकामुरा (४३ वर्ष)

जपानकै फुटवलर सुन्सुके नाकामुरा ४३ वर्ष पूरा भए । उनी जारीे लिगमा अहिले योकोहामा एफसीका लागि खेल्दै आएका छन् । उनी टोलीमा मिडफिल्डरको भूमिकामा फुटवल खेल्ने गर्छन् । नाकामुराले राष्ट्रिय टोलीका लागि सन् २००० देखि २०१० सम्म ९८ खेल खेलेका छन् । यस अवधिमा उनले राष्ट्रिय टोलीका लागि २४ गोल गरेका थिए ।

साथै उनले सन् २००० र २०१३ मा बहुमूल्य खेलाडी भनेर पुरस्कार प्राप्त गरेका थिए । यस्तै, उनी स्कटल्याण्डमा खेल्ने सबैभन्दा राम्रो विदेशी खेलाडीमध्ये एक हुन् । उनी सन् १९९७ फिफा विश्व युवा च्याम्पियनशिपमा जापानी अण्डर २० टिमको टोलीमा परेका थिए । सन् २००० ग्रीष्म कालीन ओलम्पिकमा जापानी अण्डर २३ टिमको टोलीमा पनि उनी परेका थिए । उनले सन् १९९७ देखि व्यवसायिक फुटबल खेल्दै आएका छन् ।

जोआन साञ्चेज (४० वर्ष)

स्पेनिस ला लिगामा खेल्ने सक्रिय खेलाडी हुन्, जोआन साञ्चेज । उनी भर्खरै ४० वर्ष पूरा भए । तर, फुटबलमा रमाइरहेका छन् । स्पेनिस डिभिजन रियल बेटिस लेजेण्डमा उनले ५५१ पटक उपस्थिति जनाइसकेका छन् । योसँगै उनले यस प्रतियोगितामा सबैभन्दा बढी उपस्थिति जनाउने खेलाडीको रुपमा नाम लेखाएका छन् । उनी आफ्नो खेलमा राम्रो गर्ने खेलाडीका रुपमा परिचित हुँदै आएका छन् । उनले सन् २००० देखि फुटबल खेल्दै आएका छन् ।

रोक्यू सान्ता क्रुज (४० वर्ष)

रोक्यू सान्ता क्रुज पाराग्वेका खेलाडी हुन् । उनी ४० वर्ष पूरा भए । उनी म्याञ्चेस्टर सिटीका लागि एक उत्कृष्ट स्ट्राइकर हुन् । उनले २७ खेलमा १७ गोल गरेका छन् । उनले केही टोलीका लागि कप्तानीको भूमिकासमेत निभाइसकेका छन् । उनी आफ्नो देशको राष्ट्रिय टोलीको कीर्तिमानी गोलकर्तासमेत हुन् । राष्ट्रिय टोलीका लागि उनले सयभन्दा बढी टोपी पाइसकेका छन् । उनी राष्ट्रिय टोलीको इतिहासमा सर्वश्रेष्ठ खेलाडीमध्ये एक मानिन्छ । उनी सन् १९९७ देखि खेल्दै आएका छन् ।

डिएगो लोपेज (३९ वर्ष)

डिएगो लोपेज स्पेनी फुटबलर हुन् । उनी फुटबलमा गोलकिपरको भूमिकामा खेल्ने गर्छन् । रियल म्याड्रिडमा सात वर्ष खेलेका उनले अन्य विभिन्न क्लववाट खेलेको अनुभव पनि सँगालेका छन् । उनले ला लिगामा भिल्लारियलमा आफ्नो स्थान बलियो बनाएका थिए । डिएगोले आफ्नो खेल जीवनमा स्पेनी क्बल, रियल म्याड्रिड, भिलारियल, सेभिल्ला र एस्पानियोलका लागि खेलेका छन् । अहिले उनी इटालीको एसी मिलानबाट खेल्ने गर्छन् । उनले सन् १९९९ देखि खेल्दै आएका छन् ।

उनीहरुबाहेक अहिलेका चर्चित खेलाडीहरु क्रिस्टियानो रोनाल्डोसमेत ३७ वर्ष पूरा भइरकेका छन् । उनले विभिन्न टोलीबाट खेल्दै अहिले युभेन्टसमा खेल्दै आएका छन् । उनी केही महिनाअघि मात्रै यस टोलीमा गएका हुन् । यस्तै, अर्जेन्टिनी लियोलन मेसीसमेत ३४ वर्ष पूरा भएका छन् । करिब २० वर्ष एउटै टोली बार्सिलोनाबाट खेलेका उनी केही महिनाअघि मात्रै फ्रान्सको क्लब पेरिस जेन्ट जर्मनमा आवद्ध भएका थिए ।

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया