बुधबार, वैशाख १२, २०८१

चाडपर्वमा खानेकुरा बनाउँदा नुनको प्रयोग चाहिने भन्दा बढी गरेका त छैनौं ?

डा.अरुणा उप्रेती २०७८ असोज २८ गते १३:१५

कोरोना महामारीको समयमा हामीले खानपानमा पनि ध्यान दिनुपर्ने हुन्छ । चार्ड पर्व रमाईलोले हाम्रो जिवनमा नयाँ आन्नदको अनुभुति दिएको हुन्छ । अहिले कोरोना भएर मानिसहरु अलिक जागरुक भए जस्तो पनि देखिन्छ ।

अझ दशैलाई हामी खानाको पर्व भनेर चिन्ने गछौं । दशैमा सबैको घरमा धेरै थरीका परिकार पाक्ने हुन्छ । चाडसँगै जोडिएका सकारात्मक खाने कुराहरु विर्सेर हामीले पत्रु खानेकुरा (बजारबाट किनेका चाउचाउ बिस्कुट, कोल्ड ड्रिङ आदि) खाईरहेका छैनौं ।

हामीले खानपानमा ध्यान नदिदाँ अन्य विभिन्न रोगहरु थपिने खतरा बढ्छ । चाडपर्वमा खाएका खानेकुराले चाडपर्व सकिएपछि विभिन्न रोगहरु थपिएका प्रसस्त उदारणहरु देखेका छौं । शरिरको तौललाई वास्ता नगर्ने, चाहिने भन्दा बढी खाने गर्दा चाडपर्व सकिएपछि मधुमेह समस्या देखिएको छ ।

अर्को, विभिन्न किसिमका स्वास्थ्य समस्या भएकाहरु जस्तै, उच्च रक्तचाप, मोटोपनाको जोखिम बढी हुन्छ । स्वस्थ्यकर खानेकुरा नै पनि बढी खाँदा स्वास्थ्यलाई राम्रो गदैन् । चाडपर्वको समयमा बाहिरका खाने कुरा (पत्रु) खाने कुरा खादै नखान सुझाब दिन्छु । त्यस्ता खानेकुरा आफु पनि नखाऔँ पाहुनालाई पनि नदिऔं । चाउँचाउ, चकलेट, पिजा, कोक फेन्टा, लगायतका खाने कुरा पर्छ । पिजा घरमै बनाएर गहुँको वा कोदो वा फापरको पिठोको बनाउँन सकिन्छ ।

नेपालीको प्रिय खाना मःम बनेको छ । मैदाको मःमःले हामीलाई एकदमै हानि गर्छ । फापरको कोदो जौंको मःमः बनाएर खान सकिन्छ । हाम्रा पराम्परागत खानेकुरा बनाएर खान सकिन्छ । अर्को चाडपर्वमा एकदमै तेलको प्रयोग गरेको देखिन्छ । त्यसरी खाएका खाने कुराहरुले हामीलाई असर गरिरहेको हुन्छ । एकछिन रमाईलोका लागि खाएका खानेकुराले थप समस्या थपिदिन्छ । तरकारी पकाउँदा बढी तेल राख्दा एकछिनका लागि मिठो होला तर त्यसले फाईदा गदैन् ।

मासु खाने मानिसहरुले कम तेल राखेर मासु पकाउँन सकिन्छ । बोसो छाला भएको मासु नखाने, थोरै मसला हालेर खान सकिन्छ । त्यसैगरी, मासु सँगै रेसादार तरकारी तथा फलफुल (फाइबर हुने हुँने) खानुपर्छ । रेसादार खानेकुराले हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ भने साथसाथै शरिरलाई चाहिने सुक्ष्म तत्वहरु प्राप्त गर्छ । दैनिक दुइ लिटर अनिवार्य पानी पिऔैं ।

तरकारी र अचार धेरै थरीका बनाएका हुन्छौं । त्यसमा सबैमा नुन हुन्छ । तर हामीले चाहिने भन्दा बढी नुनले पनि असर गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक व्यक्तिमा दिनमा पाँचग्राम भन्दा बढी नुन खानु हुदैन् । त्यो करिब एक चम्चा हो ।

तर हाम्रोमा विभिन्न थरीका परिकार खादा चार चम्चासम्म हामीले दिनमा नुन सेवन गरिरकेका हुन्छौं । अर्को पत्रु खानेकुरामा नुनको स्वाद थाहाँ हुदैन । त्यस्ता खानेकुराहरुमा प्रस्तत मात्रामा नुन हुन्छ । यस्ता खाने कुराले हाम्रा शरिरमा कुनै प्रकारको रोग भए त्यो झनै बढाउँछ भने कुनै पनि समस्या छैन् भने समस्या थपिदिन्छ ।

पेय पदार्थ घर बाहिरका किनेर खानु हुदैन् । जसमा चिनीको मात्रा बढी हुने हुदाँ मोटोपनाको समस्या थपिन्छ । यस्ता खानेकुराको सट्टामा घरमै माछा मासु खाएपनि कागति पानी खानुपर्छ । घरकै दही मोही खाने गर्नु पर्छ । पुदिना पानी बनाएर खाने, फलफलको जुस बनाएर खान सकिन्छ । दशै तिहार सकिएपछि थप समस्या देखिएर अस्पताल जानु पर्ने समस्या आउँदैन् । हामीले आफ्ना खाने कुरामा पनि विशेष ध्यान दिएर दशै मनाऔं ।

(जनस्वास्थ्यविज्ञ डा. उप्रेतिसँग सञ्जिता खनालले गरेको कुराकानीमा आधारित )

प्रतिक्रिया