बिहीबार, चैत १५, २०८०

शीर्ष नेताको दसैँ

यस्तो छ शीर्ष नेताहरुको दसैँ योजना

कार्यकर्ता भेटघाटदेखि अध्ययनसम्म

हरि भट्ट २०७८ असोज २७ गते १७:१५

हिन्दु धर्मालम्बि तथा नेपालीको सबैभन्दा ठुलो पर्व दसँै सुरु भएको छ । दसैँ सुरु भएसँगै विदेश गएका नेपाली स्वदेश फर्किदै छन् भने स्वदेशको सहरमा बस्दै आएकाहरु दसैँ मनाउन आफ्नो घर जादै छन् ।

वर्ष दिनको एक चोटी मनाउने दशै पर्व उत्साहका साथ मनाउने गरिन्छ । यस्तै दसैँको समयमा अरु बेला भन्दा फुसर्दिला हुने नेपालका शिर्ष नेताहरु पनि दसैँ मनाउन लागेका छन् ।

कोरोना महामारीका कारण गतवर्ष कसैसँग भेट नगरी दसैँ मनाएका नेताहरुले यो वर्ष पनि कोरोनाको जोखिम उस्तै रहेकाले परिवारमा मात्रै दसैँलाई सिमित राख्ने बताउँछन् ।

राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी दसैँको समयमा अध्ययन र भेटघाटमा ब्यस्त हुने भएकी छिन् । यस्तै यो वर्ष राष्ट्रपति र प्रधानमन्त्री शेर बहादुर देउवाले सर्वसाधारणलाई दसैँको टिका कोरोनाको मापदण्ड पालान गरेर लगाउने बताइएको छ । गतवर्ष कोरोना माहामारिलाई मध्येनजर गरी राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारण र शिर्ष नेताहरुले आफ्ना कार्यकर्तालाई टिका लगाएका थिएनन् । शीर्ष नेताहरु दसैँको समयमापनि राजनीतिक गतिविधितिर नै बढी देखिएका छन् ।

Advertisement

प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेर बहादुर देउवाले यो वर्ष सर्वसाधरणलाई टिका लगाउने वा नलगाउने भन्ने टुंगिएको छैन । देउवाको सचिवालयका अनुसार सर्वसाधारणलाई टिका नलगाएपनि पार्टीका नेता तथा कार्याकर्ता र शुभचिन्तकलाई टिका लगाउने छन् । उनी सरकार र पार्टीको महाधिवेशनमा केन्द्रीत हुने देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

एमाले अध्यक्ष ओली

नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)एमाले अध्यक्ष केपी शर्मा ओली भने यसपाली दशै नमनाउने सुरमा छन् । प्रत्यक वर्ष दशै मनाउँदै आएका उनले यसपाली भने आफू पनि टीका नलगाउने र अरुलाई पनि टीका नलगाउने र दसैँको समयमा अध्ययनमा बढी केन्द्रीत रहने ओलीको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्र अध्यक्ष प्रचण्ड

यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दसैँमा टिका लगाउँदैनन । तर परिवारका अन्य सदस्यहरुको टिका कार्यक्रम भने हुनेछ । परिवारका सदस्यसाग रमाइलो गरेर दशै को समय सदुपयोग गर्ने योजना प्रचण्डको छ । प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाका अनुसार प्रचण्ड अहिले राजनीतिक गतिविधि, नेता–कायकर्तासँग भेटघाट र कार्यक्रमहरुमा सहभागी भइरहेका छन् ।

एस अध्यक्ष नेपाल

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि नेता कार्यक्रर्तासँगको भेटघाट, चियापन, राजनीतिक गतिविधिमा बढी व्यस्त हुने उनका स्वकीय सचिव मोहन गोतमले बताएका छन् । नेपालले यो वर्ष दसैँ मनाउने वा नमनाउने अहिलेसम्म त्यस्तो केही निर्णय नभएको उनले बताए । नेपाललाई सधै टिका लगाउदै आएका गाउँले दाइ यो वर्ष वितेकाले नेपालले टिका लगाउने वा नलगाउने भन्ने कुनै निर्णय नभएको बताइएको छ । नेपालले टिका लगाए गाउँको कान्छी आमाको हातबाट टिका लगाउने बताइएको छ ।

कोरोना महामारीका कारण गतवर्ष उत्साहका साथ दसैँ मनाउन नपाएका नेताहरुले यो वर्ष पनि कोरोनाको जोखिम रहेकाले सामान्य रुपमा दसैँ मनाउने बताइएको छ ।

हरि भट्ट

मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया