बिहीबार, वैशाख १३, २०८१

कुन रोगका बिरामीले कसरी मनाउने दसैं ?

सञ्जिता खनाल २०७८ असोज २७ गते ८:५०

काठमाडौं । दशैँमा मासु कसरी खाने र कस्तो मासु खाने जानकारी नहुँदा मानिसहरु विरामी पर्ने गरेको चिकित्सकहरुले बताएका छन् । अझै पनि कोरोना संक्रमण शुन्यमा नपुगेको अवस्था रहेको हुदाँ सचेत बन्नु पर्ने समेत चिकित्सकहरुको भनाई छ । दसंैमा मासु र मासुजन्य वस्तुहरु खाँदा यसमा धेरै ध्यान पुर्याउनु पर्ने मुटु रोग विशेषज्ञ डा.भवानी मानन्धर बताउँछिन् ।

मासु तथा मासुजन्य खाना दशैँमा बढी उपभोग हुने गर्छ तर, कस्तो रोगीले कस्तो मासु खाने र कस्तो मासु खानु हुन्न भन्ने बारे सबैलाई जानकारी नहुन पनि सक्छ । ‘दशैमा रातो मासुभन्दा सेतो मासु खादा स्वास्थ्यमा समेत फाईदा हुन्छ,’ उनले भनिन्, ‘मुटुरोगीहरुले अन्य मासु भन्दा माछा खानु फाइदाजनक हुने हुन्छ ।’

बरिष्ठ पेट रोग विशेषज्ञ डा.भुपेन्द्र बस्नेत दशैमा खानपानमा ध्यान नदिदाँ बढी पेटका रोगको समस्या देखिने गरेको बताउँछन् । उनले भने ‘अरु समयमा खाने कुरामा ध्यानदिने मानिसहरु दशै हो, के हुन्छ आज खादा भनेर खादा त्यसले रोग बढाउने गर्छ ।’

बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सिमित सापकोटाले दशै भनेर अरुबेला स्वास्थ्य ख्याल गर्ने मानिसहरुले पनि दशैमा बढी मासु खाने र नियमित व्यायम समेत नगर्ने गरेको बताए । ‘रातो मासु, चिल्लो खाने कुरा खानु हुदैन्,’उनले भने, ‘चुरोट र सुर्तिजन्य पदार्थको सेवन गदै नगर्ने अर्को भनेको दशैं बहानामा बढी चिल्लो तारेको खाने कुरा नखाने, नियमित व्यायम गर्ने र फाईवरयुक्त खाने कुरा खानुपर्छ ।’

रातो मासु भन्नाले खसी, राँगा, बंगुर आदिका मासु हुन् । यी मासुहरुमा बढी मात्रामा बोसो हुने चिकित्सकहरुको बताउँछन् । रातो मासु बढी खानाले उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्ने, मधुमेह हुने, मुटुको धमनीहरु साधुरो हुने, ह्ृदयघात, पक्षघात लगायतका समस्या बढाउने सम्भावना हुने मुटु रोग विशेषज्ञ डा.यादवदेब भट्टले बताए । मासु पोलेर खाँदा यसले क्यान्सरको जोखिम बढाउने हुँदा कुनै पनि मासु पोलेर नखान क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालको सुझाव छ ।

मासुका विभिन्न परिकारको स्वादमा रमाउँदै आफन्त र साथीभाई माझ दसैं मनाउँदै हुनुहुन्छ भने केही कुरामा तपाईले पक्कै पनि ध्यान दिनुपर्छ । मासु खाँदा रेसादार खानाको प्रयोग ५० प्रतिशत गरेमा स्वास्थ्यलाई फाईदा पुग्ने उनले बताए ।

मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले भने ‘सामान्यतया दशैको समयमा रातो मासु बढि चिल्लो भएको मासु भएका स्वास्थ्यमा समस्या आउने गर्छ, रातो मासु भन्दा सेतो मासु भएका कुखुरा र माछाको सेवनले मुटु रोग निम्त्याउन नदिने हुँदा कुखुराको मासु खानु फाइदाजनक हुने हुन्छ ।’

मासु एक कचौरा खादैछौ भने त्यो भन्दा बढि साग सब्जी खानुपर्ने र फलफुल खानुपर्ने उनको सुझाब छ । छाला निकालिएको मासुलाई थोरै तेलको प्रयोग गरी पकाएर खानु स्वास्थ्यका लागी उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।

दशैँमा खुशी साट्न खाने र खुवाइने मासुका परिकारहरु सही तरिकाले खान जानिएन भने त्यो एकछिनको खुशी शरिरको लागि दुःखको समाचार बन्न सक्ने सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताए । मासुको सरसफाई ध्यान दिनुका साथै मासु पकाउँदा धेरै तेल तथा नुन प्रयोग नगरी पकाउन उनको सुझाव छ ।

उनका अनुसार घरमै नियमित विहान व्यायम, ध्यान गर्ने, घाम ताप्ने बानी गरौँ, घामबाट भिटामिन डि पाइन्छ । खानामा जंकफुट, कोक फ्न्टा जस्ता वट्टाका तयारी खानेकुरा खादै नखान उनको सुझाब छ । “रोग प्रतिरोधात्मक क्षमता बढाउँन ताजा सन्तुलित खानेकुरा खाने र राम्रोसँग निद्रा पुग्ने गरी सुत्ने गर्नुपर्छ । ”

अर्को कोरोना संक्रमण अझै पनि कायमै रहेको हुदाँ मास्क लगाउने, साबुन पानीले हातधुने वा स्यानिटाइजर र सामाजिक दुरी कायम गर्न पनि उनको सुझाब छ । छाति तथा स्वासप्रश्वास रोग विशेषज्ञ डा.अशेष ढुङ्गानाले कोरोना महामारी विच स्वस्थ्य दशै मनाउँने हो भनेर वच्ने उपायलाई भुल्न नहुने बताए । उनका अनुसार, कोरोनासँग लड्न रोग प्रतिरोधात्मक बढाउँने स्वस्थ्यकर खानेकुरा खाने तर चिल्लो पिरो खानेकुरा खानु भएन् ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया