शुक्रबार, चैत १६, २०८०

आजको राशिफल : आश्विन २७ गते बुधबार

मेरोन्यूज २०७८ असोज २७ गते ६:४६

आज २०७८ साल आश्विन महिनाको २७ गते बुधबार, आश्विन शुक्लपक्षको अष्टमी तिथि । आज नवरात्रअन्तर्गत महाअष्टमी रहेको छ । आज कालरात्री तथा गोरखकाली पूजा रहेको छ ।

मेष
पारीवारिक भेटघाट हुने छ । उमङ्ग र उत्साहले नयाँपन दिने छ । नेतृत्व गर्ने अवसर प्राप्त हुने छ । ब्यापार विजनेशबाट फाइदा मिल्ने छ । यात्रा सफल हुनेछ । विवादको चुनौति भएकाले सतर्क रहनु उपयुक्त हुनेछ ।

वृष
यात्रामा अवरोधको सामना गर्नु पर्ने छ । सोचे जस्तो परिवारमा मिठासपनाको अभाव देखिने छ । स्वादिष्ट भोजनहरु खान भने पाइने छ । आफू भन्दा सानाहरुबाट अनावश्यक आलोचना सहनु पर्ने छ ।

मिथुन
बोलीमा मिठासपना आउने भएकाले अरुको मन जित्न सकिने छ । तर कतिपय अवस्थामा अनावश्यक विवादको सामना गर्नु पर्ने छ । मनमा दुविधाले सताउने छ ।

कर्कट

Advertisement

आर्थिक दबाबले गर्दा मनमा अशान्ति हुने छ । पेशागत जिम्मेबारीबाट असन्तुष्टि हुने हुँदा सँहालिँदै अघि बढ्नु उपयुक्त विकल्प हुने छ । यात्रामा सफलता प्राप्ति हुने छ ।

सिंह
भाग्य बलियो रहेको छ । यात्रामा सुगमता आउने छ । परिवारको साथले गर्दा उत्साह थपिने छ । अरुले प्रशंसा गर्ने छर्ने छन् । आर्थिक फाइदा मिल्ने छ ।

कन्या
थप जिम्मेबारी बहन गर्नु पर्नेछ । अरुले विश्वास गर्ने छन् । भाग्यको साथ रहेकाले सबैलाई समेटेर अघि बढ्न शक्ति आउने छ । तर आफन्तबाट भने असहयोगको सामना गर्नु पर्ने छ ।

तुला
स्वदेशको यात्रा हुने छ । मातृभूमिको प्रेम र माया पाइने छ । तर परिवारमा भने अपेक्षा नगरिएका खालका द्वन्द र तिक्तता देखिने छ । आर्थिक नोक्सानी व्योहर्नु पर्ने छ ।

वृश्चिक
मनमा नकारात्मक विचारको मात्रा धेरै आउने छ । अन्योलताले गर्दा निर्णय क्षमतामा गिरावट देखिने छ । आउनु पर्ने स्थानबाट रकम प्राप्त नहुँदा आर्थिक योजनाहरु अन्योलमा पर्ने छन् ।

नु
नयाँ सवारीसाधन प्रयोग गर्न पाइने छ । स्वादिष्ट भोजन उपभोग गर्न पाइने छ । तर बिबादको घेरामा परिने छ । परिवारमा मिलन हुने छ ।

मकर
दरिलो व्यक्तित्व हुने छ । बिबादमा परेता पनि जित हुने छ । यात्रामा कठिनाईको सामना गर्नु पर्ने छ । स्वास्थ्यमा समस्या आउला ।

कुम्भ
परिवारमा मिलन हुने छ । तर उदासिनताको मात्रा भने रहने छ । आर्थिक सन्तुलन कायम हुने छ । यात्रामा सफलता मिल्ने छ भने अरुको विश्वास जित्न सकिने छ ।

मीन
परिवारमा मिलन हुने छ । साथिभाइका बीचमा रमाइलो गर्ने अवसर मिल्ने छ । यात्रामा सफलता मिल्ने भएता पनि यात्रामा ढिलाई भने हुन जाने छ । आर्थिक दबाब कायम रहने छ ।

प्रतिक्रिया