शुक्रबार, वैशाख ७, २०८१

फूलपातीको बढाइमा प्रधानसेनापति किन उपस्थित भएनन् ?

मेरोन्यूज २०७८ असोज २६ गते २१:३९

काठमाडौं । फूलपातीको बढाइमा प्रधानसेनापति प्रभुराम शर्मा सैनिक मञ्च टुँडिखेलमा उपस्थित भएनन । राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने सो कार्यक्रममा प्रधानसेनापति शर्मा उपस्थित नहुँदा कौतुहलता उत्पन्न भएको थियो । भाइलर ज्वरोले च्यापेपछि सैनिक मञ्चमा आयोजित फूलपाती बढाइँमा प्रधानसेनापति शर्मा अनुपस्थित भएका हुन् ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौड्यालले प्रधानसेनापतिलाई ज्वरो आएको कारण सहभागि हुन नसकेको बताए । ‘स्वास्थ्य सतर्कता अपनाउँदै उहाँ समारोहमा सहभागि नहुनुभएको हो,’ प्रवक्ता पौड्यालले जानकारी दिए ।

सिजनल फ्लु अर्थात भाइरल ज्वरो आएको कारण पनि प्रधानसेनापति शर्मा सहभागी नभएको पनि सहायक रथि पौड्यालले बताए । रोयलवक्समा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरुसँग रहनु पर्ने हुनाले पनि प्रधानसेनापतिले सबैको स्वस्थ्यलाई ध्यानमा राखेर सेनाभित्र छलफल गरेर सहभागी नभएका हुन् ।

प्रधानसेनापतिलाई ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजामा नेगेटिभ रिपोर्ट देखिएको सैनिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया