बिहीबार, वैशाख १३, २०८१

मुगुमा यात्रुवाहक बस दुर्घटना : २३ को मृत्यु, दर्जनौं घाइते

मेरोन्यूज २०७८ असोज २६ गते १५:५२
फाइल फोटो

मुगु / मुगुको छायानाथ रारा नगरपालिकामा मंगलबार दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको थियो ।

मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको र अहिलेसम्म २३ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

उनका अनुसार, बस सडकबाट दुई सय मिटर तल खसेको प्रर वस पूर्ण रुपमा क्षतविक्षत भएको थियो । हेलिकप्टरवाट घाइतेहरुको उद्दार गरिएको पनि उनले जनाए । घाइतेहरुको उद्दार शुरु गरिएको छ । तर घटनाको पूर्ण विवरण भने आईनसकेको उनले जनाए ।

नेपालगञ्जबाट गाडीमा करिब ७० जना चढेको प्रारम्भिक विवरण रहेको पनि प्रहरीकै भनाई छ । भन्दा ३९ जना चढेको भने पनि ७० भन्दा वढी यात्रु हुन सक्छन् भन्ने जानकारी आएको छ। बीच बीचमा बस रोकेर यात्रु चढाएको हुन सक्ने भएकाले यात्रु सङ्ख्या त्यो भन्दा बढी हुनसक्ने पनि ठानिएको छ।

प्रतिक्रिया